Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

बंगलादेशी मन्त्री सडकमार्गबाटै नेपाल

१३ मंगलबार , चैत्र २०८०२ बर्ष अगाडि

बंगलादेशी मन्त्री सडकमार्गबाटै नेपाल

बंगलादेशका पारवहनमन्त्री चौधरी नेपालको पूर्वी नाका हुँदै नेपाल आएका छन् । उनी शनिवारको नेपाल बंगलादेशबीचको मन्त्रिस्तरीय छलफलमा भाग लिन आएका हुन् । उनी सिधा हवाई उडानबाट आउनसक्थे । नेपाल बंगलादेश व्यापार र पारवहनको अध्ययनसमेत गर्दै नेपाल आएका हुन् । उनले नेपालको सुख्खा बन्दरगाहसमेत निरीक्षण गरेका छन् । यस्तो हुन्छ, देशको चासो भनेको ?
हाम्रा परराष्ट्रमन्त्री १३ गतेको समकक्षी वार्ताका लागि ९ दिने चीन भ्रमणमा निस्केका बेलामा बंगलादेशी मन्त्रीको स्थलगत भ्रमणले उनलाई गिज्याएको छ । कोभिडपछि भारतले अर्को मुलुकको नागरिकलाई प्रवेशाज्ञा दिएको यो पहिलो हो । कोभिडपछि नेपालका लागि समेत बंगलादेशी मन्त्री पहिलो पाहुना हुन् ।
बंगलादेशको प्रतिनिधिमण्डलमा बंगलादेश स्थल बन्दरगाह प्राधिकरणका अध्यक्ष महम्मद जिलुर रहमान चौधरी, बंगलादेश पारवहन मन्त्रालयका संयुक्त सचिव मुन्सी महम्मद मोनिरूज्मान, बंगलादेश स्थल बन्दरगाह प्राधिकरणका सञ्चालक समितिका सदस्य जियाउद्दिन अहमद भुइयान, बंगलादेश पारवहन मन्त्रालयका वरिष्ठ सूचना तथा जनसम्पर्क अधिकृत महम्मद जाहगिर आलम खान, बंगलादेशको विदेश मन्त्रालयका सहसचिव महम्मद माहादे आलम बिन्टु, बंगलादेश स्थल बन्दरगाह प्राधिकरणका सुपरिवेक्षक महम्मद हसन, आइमा इन्टरनेसनल बिडी लिमिटेडका अध्यक्ष खालिलुर रहमान र निजी सचिव महम्मद मुक्तादिर हुसेन छन् ।