नेपाली कांग्रेसको बागमती प्रदेश वैदेशिक रोजगार समन्वय विभागको सदस्यमा काभ्रेबाट नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति संगम थापा र रामध्वज लामा मनोनित भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले वैदेशिक रोजगार समन्वय विभागको सदस्यमा थापा र लामालाई मनोनित गरेका हुन् ।
प्रदेश कार्यसमितिका सभापति बानियाँले विभागमा २३ जना सदस्य मनोनित गरेकको एक विज्ञप्ति मार्फत जानकारी गराएका हुन् । विभागको प्रमुखमा नेपाली कांग्रेसको बागमती प्रदेश कार्यसमितिका सदस्य सविन तामाङ रहेको बताईएको छ ।
मनोनित सदस्यहरुमा टिका शिवाकोटी, नरेन्द्र डंगोल, टिकाराम खरेल, सुवास रानाभाट, ध्रुब अधिकारी, रामलाल नेपाल, पुष्कर पौडेल, अर्जुन ढकाल, प्रदिप खड्का, मिना पाठक, पुष्पा कुमारी पौडेल रहेका छन् ।
त्यसैगरी हेमन्त फुयाल, बद्रिराम मानन्धर, समिर सुनुवार, तुलाराज थापा, विकास धिताल, नविन लामा, मिना प्रसाद दुलाल, सुरेश गोतामे, उपेन्द्र तामाङ र शिवहरिलगायतलाई पनि सदस्यमा मनोनित गरिएको छ ।