Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चीनको साझेदार बन्न नसक्नुमा नेपालकै कमजोरी

०६ मंगलबार , चैत्र २०८०८ महिना अगाडि

चीनको साझेदार बन्न नसक्नुमा
नेपालकै कमजोरी

प्रेमसागर पौडेल : नेपाल चीन पारस्परिक सहयोग समाज - -  -  -
भारतीय आप्रवासीलाई नेपालमा नागरिकता दिलाउन भारतले हरप्रयास भइरहेकाबीच नेपाल नागरिकता ऐन(२०६३ लाई संशोधन गर्न बनेको विधेयक(२०७५ माथि संशोधनको प्रस्ताव पनि भारतीय डिजाइनमा भएको खुलसा भएको छ । आप्रावासीको मुलुक बनाउनैका लागि नागरिकता विधेयक राष्ट्रपतिले जारी गरेका हुन् ।
त्यतिबेला सांसदद्वय प्रमोद साह र एकवाल मियाले राज्यब्यवस्थाको समितिमा पेश गरेको सार्क राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने सहितको प्रस्ताव पारित भएमा पहाडी मुलका भारतीय नेपाली आप्रावासीसँगै तराईका नेपाली भन्दै ठूलो संख्यामा भारतीय आप्रावासीले नेपाली नागरिकता लिन सफल हुने राजनीतिक विश्लेषक प्रेम सागर पौडेलको भनाइ थियो । सांसद मियाँलाई भारतीय गुप्तचर संस्था ‘रअ’ निकट भएको आरोप लाग्दै आएको थियो । सार्क राष्ट्रमा बसेका गैरआवासीय नेपाली भन्ने बहानामा ठूलो संख्यामा आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउने भारतीय षड्यन्त्र देखिएको भन्दै त्यसको पछि नलाग्न र सचेत हुन समेत पौडेलले बताएका थिए । पौडेलले भने, ‘जनसंख्याका हिसाबले पनि सबैभन्दा ठूलो राष्ट्र भारतको यो पछिल्लो रणनीति सफल भए नेपाललाई भारतले सजिलै फिजीकरण गर्न सक्नेछ । साथै फिजीकरण गर्नमा सफल भए पश्चात् सिक्कीमीकरण गर्ने योजना छ ।’ उक्त बदनियतपूर्ण भारतीय षड्यन्त्रको खुलेर विरोध गर्नुपर्छ ।
पौडेलका अनुसार– पश्चिमा शक्तिले नेपाललाई चीन विरोधी अखडा बनाउन भारतलाई माध्यमका रूपमा निरन्तर प्रयोग गरिरहेको छ । पश्चिमा शक्तिले भारतमा भारतीय सेनालाई तालिम दिने नाममा सिक्किम, कलकत्ता, लद्दाख लगाएतका स्थानमा आफ्नो वेश बनाइरहेको छ । भारतभित्रै विभिन्न संघसंस्थालाई प्रयोग गरेर उसले कमजोर बनाउने र त्यहाँका भ्रष्ट कर्मचारी राजनीतिक नेतृत्व र अन्य क्षेत्रका पदाधिकारीलाई प्रयोग गरेर नेपालमा अस्थिरता बढाउन हौस्याइरहेकोछ । नेपालभित्र पनि आफ्ना अनुयायीलाई भारतविरोधी मोर्चामा उभिन लगाएर चीन विरोधी जासुसी गर्न लगाउने, देशभक्त नेपालीको लगत संकलन गर्ने र अस्थिरता उत्पन्न गराउने काम गरिरहेको छ । जसले गर्दा भारतलाई नेपालमा खेल्न र नेपाललाई कमजोर बनाउन सुरक्षित वातावरण बनिरहेको छ । अर्को्तिर भारतका अनुचरका रूपमा उदाङ्गो भइसकेका अनुहारलाई प्रयोग गरेर संसद र सडकबाट सरकारलाई दबाब दिएर सरकारलाई कमजोर बनाउने र देशलाई अस्थिरतामा धकेलेर सिक्कीमीकरणको योजना सफल बनाउने उद्देश्यमा लागेको छ । यस्तो खतरनाक अवस्थामा देशका राजनीतिक नेतृत्व र जिम्मेवार पदाधिकारीले प्रकृति र संस्कृतिलाई प्राथमिकतामा राखेर देश अनि जनताको स्वार्थ सर्वाेपरी ठानेर काम गर्न अनुरोध गर्नुभएको छ ।
चीन विज्ञ प्रेमसागर भन्छन् ः नेपालले एक चीन नीति लिन नसके स्थिति प्रत्युत्पादक हुनसक्छ ।
यसअघि प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली र त्यसपछि प्रचण्डले चीन भ्रमण गरेका थिए । परराष्ट्र विज्ञदेखि विभिन्न राजनीतिक दलका नेता तथा पत्रकारहरूले यो भ्रमणबाट नेपाली नेतृत्वको अग्नि परीक्षा हुने बताउँदै आएका थिए । पहिलोपटक प्रधानमन्त्री हुँदा चीन भ्रमणका क्रममा गरेका सहमति र सम्झौताले राष्ट्रवादीको पगरी पाएका ओलीले आफ्नो पहिलेको छवि बचाउन सकेनन्, पश्चिमा हतियारको आरोप लागेका प्रचण्ड पनि चिप्लिए । अहिले सत्ता परिवर्तनमा प्रचण्डलाई चीनको साथ छ भनेर हल्ला गरिएको छ । 
पौडेलले चीन नेपालप्रति सकारात्मक भएपनि सत्ताधारीहरूको द्वैध चरित्रका कारण फलदायी परिणाम आउन नसकेको हो । 
उनले भने, ‘चीनको समर्थन भनेको नेपाल र नेपालीलाई हो, जो सुकै सत्तामा आए वा चीन गएपनि नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै आइरहेका छन् भनेर सम्मान दिएको छ । चीन नेपालको भरपर्दो आर्थिक विकासको साझेदार बन्नसक्छ । मुख्य कुरो नेपाललाई चीनले कति महत्व दिन्छ र कस्ता विषयहरूमा छलफल हुन्छ भन्ने हो । यसमा चीनभन्दा बढी नेपाली नेता नै चुकेका छन् ।
प्रधानमन्त्री ओली पहिलोपल्ट चीन भ्रमण जाँदा दुई देशबीच १५ बुँदामा सहमति भएको थियो । प्रचण्ड चीन जाँदा पनि अनेक सहमति भएका छन् । राष्ट्रपति सी २०१९ मा नेपाल आउँदा पनि सहमतिहरू नेपालले गरेकै हो । नेपालले कार्यान्वयनमा जोड लगाउनै नसकेको गुनासो पौडेलको छ । ‘नेपाल सरकारले १३ वटा सामान्य एजेन्डा बनाएको थियो ।  ‘रसुवागढीबाट काठमाडौंसम्म रेलको कुरा आएको छ । बिआरआईको कार्यान्वयन र प्राथमिक परियोजना, नेपाल दुविधामा देखिन्छ । चीनसँगको सम्झौता राम्रो भएतापनि नेपाल परनिर्भर बन्न नहुने र नेपालको स्वतन्त्र नीति हुनुपर्नेमा जोड दिँदै पौडेलले भनेका छन् ‘हामी नेपाल र चीनबीचको मित्रता राम्रो होस् भन्ने चाहन्छौँ । नेपाल चीनप्रति पूरै निर्भर हुनुपर्छ भन्ने पक्षमा पनि छैनौँ । नेपाल एउटा स्वतन्त्र देश हो । नेपालको आफ्नै स्वतन्त्र नीति हुनुपर्छ । त्यहीअनुसारले आफ्ना कार्यक्रमहरू अगाडि सार्नुपर्छ ।’ 
नेपालप्रति चीनले सद्भाव देखाउँदा देखाउँदै पनि नेपाल चीनको साझेदार बन्न नसक्नुमा नेपालकै कमजोरी भएको उनले औंल्याए । त्यसैगरी चीनले अहस्तक्षेपको नीति अंगालेको हुँदा नेपालमा कहिल्यै हस्तक्षेप नगर्ने तर, नेपालले भने चीनबिरोधी कामहरूलाई बढावा दिने गरेकाले यसबाट नेपाललाई घाटा रहेको कुरा उनले उल्लेख गरे । ‘नेपाल चीनको पुरानो मित्र भएको हुनाले नेपाललाई भित्रैदेखि सहयोग गरिएको छ । तर, नेपालले चीनविरोधी गतिविधिलाई संरक्षण गरिरहेको छ । चीनले भने नेपालप्रति सद्भाव कायम राखेको छ । किनकि चीनले अहस्तक्षेपको नीति अंगालेको छ ।’
उनले भने, ‘चीन र नेपालसँगको सम्बन्ध बिग्रियो भने यसले नेपालको स्थायित्व र अस्तित्वमाथि नै प्रश्न खडा गर्न सक्छ । हामी अस्थिरता र द्वन्द्वको भूवँरीमा जाकिन सक्छौं । कूटनीतिक चातुर्यता देखाउन सकिएन भने हामी नराम्रोसँग फस्न सक्छौं ।’
हाम्रा नेताहरू एक चीन नीति छ पनि भन्छन् । चीनले भारतसँग राम्रो सम्बन्ध बनाउनुस् भनेर सुझाव सन्देश दिन्छ, तर, हस्तक्षेप सहनु भनेर  भन्दैन । तर, हाम्रा नेताहरू भने अर्काको स्वार्थको निम्ति चीनप्रति विरोध झल्कने किसिमको काम गरिरहेका छन्’, जुन नेपालका लागि दुर्भाग्यजनक सावित हुनसक्छन् । साभार, केही समय अघिको उनको अन्तर्वार्ताको केही अंश ।