Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

१६ नायक: जसको अग्निपरीक्षा चलिरहेछ

२७ सोमबार , पौष २०७२१० बर्ष अगाडि

इतिहास र वर्तमानको चौबाटोमा छन्: १६ प्रभावशाली नेता। यिनीहरुको जुन प्रभाव थियो, यिनीहरुप्रति जनताका जुन विश्वास थियो, त्यो प्रभाव र विश्वास धरासायी भइसक्यो तथापि यिनीहरु सत्ताका सफल व्यापारीका रुपमा स्थापित नै छन्। जनताको सहनशीलताको यिनले भरपूर लाभ लिइरहेका छन्। श्राद्ध गर्नुपर्ने पिण्डे बुढाहरु शासनमा आसन जमाएर बसिरहनुले देशको दुर्गति भइरहेको हो।
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुशील कोइराला र केपी ओली। अनि रामवरण यादव, शेरबहादुर देउपा, विजय गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर। पहिलेका पशुपति वा अहिलेका लोकेन्द्रबहादुर चन्द, धिपधिपे सीपी मैनाली वा जाज्वल्यमान बनेका कमल थापा र कम्युनिष्ट बहुमतबाट उदाएकी नवराष्ट्रपति विद्या भण्डारी। यिनै हुन् सोह्र नेता जसले नेपालको भाग्य र भविष्यमाथि खेलबाड गरिरहेका छन्।
परिवर्तनको रथ हाूकेका हुनाले हामीले यिनलाई जननायक भन्यौं, यिनको क्रियाकलापले यिनीहरु खलनायक बने। लोकतन्त्रका नायकमा हुनुपर्ने एउटा गुण पनि अव यिनमा बाूकी छैन। यिनीहरु आफूलाई देशभक्त ठान्छन्। देशको परिभाषा, राष्ट्रियनीति र राष्ट्रनिर्माताप्रति सम्मानसम्म छैन यिनमा। यिनीहरु सबै विदेशी वीरलाई आफ्नो आदर्श ठान्छन्। यिनको राष्ट्रिय आदर्श को हो? यिनलाई नै थाहा छैन। यिनीहरु कसरी स्वाधीनता र देशप्रेमी। यिनले कहिल्यै विदेशीको गुलामी सहनु परेन। कसले यिनलाई त्यो शुभअवसर दिलायो, त्यसप्रति नतमस्तक हुनसकेनन् यिनीहरु। पौष २७ गते बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९४औं जन्मजयन्ती। यो एकता दिवसलाई समेत खारेज गर्ने यिनै १६ खलनायक हुन्। आज देशभित्र जुन पहाडीया र मधेसे, जसरी जातजातिवीच बिभाजन ल्याउने काम भएको छ, यो उच्छृङ्खलता रोक्न पनि एकता दिवसको आवश्यकता छ। पटक पटक प्रचण्डदेखि सुशील कोइरालासम्मले, बाबुरामदेखि केपी ओलीसम्मले पृथ्वीनारायण शाहको प्रशंसा गरे तर खारेज गरेको एकता दिवस पुनर्स्थापना गरेनन्। के यसपटक यी स्वयंघोषित देशभक्तहरुलाई पृथ्वीनारायण शाहको सालिकमा फुल चढाएर आत्मशुद्धि गरेको देख्न पाइएला?
यी गएनन् भने यिनको श्राद्ध परेछ त्यो दिन भन्दा फरक पर्दैन। किनकि जो इतिहासप्रति गर्व गर्न सक्दैन, उसको इतिहास पनि कलंकपूर्ण नै हुन्छ। त्यसो त २०६३ सालको परिवर्तनपछि यिनले गरेको भनेको एउटै काम भनेको भ्रष्टाचार र कूशासन हो। जुन किटाणुले निरन्तर महामारी बनेर देशको मुटु कलेजो कुटुकुटु खाइरहेछ।
देश निर्माण गर्नेछन्, जनताको दुःख र पीडामा संवोधन गर्छन्, यिनै हुन् हाम्रा भाग्य र भविष्य बनाउने कारिगर भनेर विश्वास गर्‍यौं, त्यो आत्मविश्वासमा घात गरे यिनले। देशमा अनेक समस्या छन्, ती समस्या र संकट समाधान गर्ने यिनैले हुन्। यिनीहरु संवाद, सहमतिका लागि भगिरथ प्रयत्न गरेका भ्रम छरिरहेका छन्। यिनले न निकास निकाले, न देशलाई विकास दिन सके। यिनको प्रतिवद्धता शान्ति र स्थिरता हो, त्यो समेत स्थापित गर्न सकेनन्। यिनीहरु अहिले पनि नाटक गरिरहेछन्। यी आफै नवकुवेर बने, जनता प्रत्येक दिन गरीव हुूदैछ, तन्नमहरि बन्दैछ।
    छैन, जनताको मृत्युमा समेत यिनीहरु संवेदनशील छैनन्। यिनलाई जनता भनेका चुनावमा मतदान गर्ने हतियारमात्र हुन्। जब चुनाव जित्छन्, यिनले जनतालाई पटक्कै सम्झदैनन्। चुनाव जितेपछि यिनको खेल भनेको सत्ता र शक्ति, अपराध र अपराधीको संरक्षण गरेर गर्ने गुण्डागर्दीमा सिमित छ। यथार्थमा यी जनताका नेता कम, यिनको व्यवहारले यिनलाई जनविरोधी बढी प्रमाणित गरिरहेको छ। जनताप्रति गैरजिम्मेवार राजनीतिले गर्दा यिनीहरु सबै जनताका घृणापात्र बनिसकेका छन्। मात्र पार्टीपंक्तिलाई अघि सारेर जनताको समर्थन छ भन्ने देखाउन यिनीहरु सफल छन्। त्यही चटके सफलताका कारणले यी नेता पल्टेर देश र जनतामाथि कहर बर्साइरहेका छन्। जनता विपदको बाढीमा आफूलाई हेलिरहेका छन्। बाढी तरे बाूचियो, तर्न नसके मरियो। यी सोह्र नेताले जनताको यो बिपतमा साथ दिन अग्रसर भएनन्। अर्थात् जनता र देश लोकतन्त्रको होइन, पशुपतिनाथ भरोसे हुन पुगेका छन्।  न्यूजडेस्क