Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

रास्वपाले विज्ञ टिम बनाउने, अनुचित सिफारिस गर्नेलाई कारवाही

०४ आइतबार , चैत्र २०८०२ बर्ष अगाडि

रास्वपाले विज्ञ टिम बनाउने, अनुचित सिफारिस गर्नेलाई कारवाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट मन्त्री बनेकाहरूलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको छ । सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूलाई विज्ञ समूहमा राख्ने गरि टिम बनाउने भएको हो ।

त्यसैगरी पार्टीले सरुवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई साधारण सदस्य समेत नरहने गरि हटाएर कारबाही गर्ने भएको छ । आज बिहान बसेको पार्टीको समन्वय समितिको बैठकले उक्त निर्णय गरेको बताईएको छ । समन्वय समितिको बैठक हरेक आइतबार बस्ने गरेको छ ।

पार्टीका नेता डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठित समन्वय समितिमा महामन्त्री मुकुल ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । जसमा समितिको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ भने आजको चार मन्त्रीसहित समन्वय समितिको बैठकले सरुवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेससंगको गठबन्धन टुटेपछी बनेको नयाँ सत्ता गठबन्धन सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।