Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

०२ शुक्रबार , चैत्र २०८०२ बर्ष अगाडि

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । विहान ११ बजे प्रतिनिधि सभा र ११:१५ मा राष्ट्रिय सभाको बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोध गर्ने विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा पनि छलफल हुने बताईएको छ । साथै, राष्ट्रिय सभा बैठकमा आज राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको बताईएको छ ।