Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

मनाइयो पृथ्वी जयन्ती

२७ सोमबार , पौष २०७२१० बर्ष अगाडि

शाश्वत शर्मा -
हिजो २९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय  एकता दिवस धुमधामका साथ स्व. श्री ५ पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्दै 'कोठा–कोठा'मा मनाइयो। पूर्वराजा ज्ञानेन्द्रले यस उपलक्ष्यमा दिएको शुभकामना सन्देशबाट आम नेपाली अझ उत्साहित भएका छन्। त्यसो त पृथ्वीजयन्ती मनाउनेहरुलाई 'राजावादी' अनि विरोध गर्नेहरुलाई 'गणतन्त्रवादी' को कित्तामा उभ्याउने काम डलरवाला र भारुवाला गणतन्त्रवादीहरुले गर्दै आएका छन्। जसलाई सच्चा नेपालीहरुले चिर्न र उक्त भ्रमलाई निवारण गर्न सकिरहेका छैनन्। मात्र पुस २७ गते यसो मनाउने अनि सकियो...।
कर्मकाण्डी मात्र भएको छ, पृथ्वी जयन्ती। मधेसी, जनजाति (खासगरी नेवार) हरुमा पृथ्वीनारायण शाहलाई एउटा खलनायकका रुपमा प्रस्तुत गरिएको छ। जसलाई सच्याएर प्रस्तुत गर्न जरुरी छ। उपत्यका अझ कीर्तिपुर विजय गरेपछि 'रिस' ले पृथ्वीनारायण शाहद्वारा ८६५ जना नेवाहरुको नाक–कान काटिएको जस्ता हावादारी दावीलाई अझै पृथ्वीनारायण शाहका सच्चा अनुयायीहरुले चिर्न सकेका छैनन्। ...फेरि  पनि भनौं डलरवादी र भारुवादीहरुको बलद्वारा पृथ्वीनारायण शाहका सम्पूर्ण राम्रा कामहरु छोपिएको छ।  नभएका कामहरुलाई 'हाइलाइट' गरेर हो भन्ने पारिएको छ। २०६२/०६३ को कथित जनआन्दोलनपछि ओझेलमा पारिएको राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई एकातिर 'सरकारी मान्यता'का लागि जोडतोडले पहल भइरहेको छ भने अर्कोतिर डलरवादी र भारुवादी आईएनजिओ र एनजिओहरुको विरोध पनि सुरु भइसकेको छ। अझ अर्धसिल्ली भनेर चिनिने आङकाजी शेर्पा र उनको समूहले रत्नपार्कमा 'हत्यारा, विस्तारवादी' भनेर पृथ्वीनारायण शाहको विरोधमा कार्यक्रम नै गर्न अघि सर्‍यो।
...कस्तो मुलुक होला हाम्रो? राष्ट्रनिर्मातालाई तिरस्कार गर्ने गरिन्छ ? ...पैसा लिएर आफ्नै मुलुकको विरोध गरिन्छ। हिजो ०६२/६३ सालको विदेशबाट प्रायोजित आन्दोलनपछि  शाहवंशको नामोनिशान नै हटाउने डलरवादी र भारुवादीहरुको योजना अनुरुप पृथ्वीनारायण शाहदेखि त्रिभुवन, महेन्द्र, वीरेन्द्र अनि अन्तिम राजा (?) ज्ञानेन्द्रका सम्पूर्ण अवशेषहरु हटाउन लागियो। यिनीहरु नै देशभक्तरे?  शाहवंशका राजाहरुले गरेक राम्रा कामहरुलाई छोपेर, उनीहरुका कमिकजोरीलाई अतिरञ्जितपूर्वक प्रचार गरेर सोझासाझा मधेसी, जनजाति एवं आदीवासीहरुमा भ्रम सिर्जना गरेर यी शाहवंशका राजाहरुले तिमीहरु (मधेसी, जनजाति, आदिबासीहरु) को वंश सखाप पारे, राज्यलाई छिने अनि तिनको धार्मिक, साास्कृतिक रीतिरिवाजलाई ओझेलमा पारिदिए जस्ता भ्रमहरु सिर्जना गरियो। डलर र भारु मध्ये पनि अझ डलरवालाहरुले मुलुकलाई अन्तरिम संविधानमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गराउन सफल भए, तबदेखि नै शाहवंशका हिन्दू राजाहरु माथि धावा बोल्ने काम अझ तिब्र भयो। शाहवंशका राजाहरु अप्रजातान्त्रिक मात्रै होइन कि जनतामारा पनि हुन्, खस–आर्यहरुका मात्र संरक्षक हुन भन्ने कपोलकल्पित कुराहरुलाई सोझासाझा मधेसी, जनजाति एवं आदिबासी तथा पिछडिएका वर्गहरुमा थोपरिदिने काम भयो। जसअनुरुप एकथरी नेपालीहरु अहिले पनि राष्ट्रनिर्माताको विरुद्धमा भाँडहरुको साथ दिन तम्तयार देखिन्छन्।
पृथ्वीनारायण शाह नभइदिएका भए, दक्षिणको फिरङ्गीले तिनको राज्यमात्रै होइन कि जाति नै सखाप बनाइदिन्थ्यो भन्ने सत्य तिनलाई सम्झाउन जरुरी छ। बरु शाहवंशीय राजाहरुले नेपालभित्र रहेका सम्पूर्ण जातजातीहरुका रीतिरिवाज एवं धर्म संस्कृतिलाई संरक्षण सवर्द्धन गर्न ठूलो भूमिका खेलेको र तिनलाई राज्यमा समान अवसर दिएको कुरा पनि अब सम्झाउन जरुरी छ। भ्रमित नेपालीहरुलाई चेतना दिने काम हुनै सकेन। कोठामा बसेर पृथ्वीनारायण शाहलाई सम्भि्कंदैमा अनि उनको प्रतिमामा गएर फूलमाला अर्पण गर्दैमा कर्तव्य पूरा हुँदैन। पृथ्वीनारायण शाहले मुलुक एकीकरण गरे, त्यसले गर्दा त्यहाँका जातजातिहरुलाई, मधेसी, थारु, मुस्लिमहरुलाई कसरी फाइदा भयो ? त्यो सम्झाउन जरुरी भइसकेको छ। पुस २७ गते विदा दिएर अनि एकछिन सम्भि्कंदैमा देशभक्त होइदैन। सत्य प्रचार गर्नुपर्‍यो। डलरवालाहरुले फैलाएको भ्रम चिर्न सक्नुपर्‍यो।  ती वास्तविक नेपालीहरुलाई ब्यूँझाउनु पर्‍यो।