Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

३० बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

सत्ता गठबन्धन परिवर्तन संगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धन परिवर्तन भएसंगै २०७९ सालमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिने भएका हुन् ।

नेपाली कांग्रेससंगको सत्ता गठबन्धन टुटेपछी नेकपा एमाले, रास्वपा, नेकपा एस र जसपा सहितको नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि संसद् सचिवालयमा लिखित पत्र पठाएर प्रधानमन्त्रीले विश्वासको मत लिने बताएका थिए । सरकारमा सहभागी नेपाली कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले २०७९ पुस २६ गते पहिलो पटक विश्वासको मत लिँदा मतदानमा सहभागी २७० मध्ये २६८ मत पाएका थिए । गठबन्धनको विपक्षमा रहेको तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । त्यसै दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले पुनः तेस्रो पटक २०८० फागुन २९ गते  विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ । प्रतिनिधि सभाको विश्वासका लागि प्रधानमन्त्रीलाई १३८ मत आवश्यक पर्छ । जसमध्ये प्रधानमन्त्रीलाई समर्थन गर्ने दलमध्ये एमालेको ७६, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीको १० सांसदलाई मताधिकार छ ।

माओवादी केन्द्रका प्रतिनिधि सभामा ३२ सदस्य रहेका छन् भने केही साना दल र स्वतन्त्र सांसद विश्वासको मतको पक्षमा भए पनि निर्णय गरिसकेका छैनन् । गठबन्धनबाट प्रधानमन्त्रीलाई १५० मतसम्म प्राप्त हुने सम्भावना रहेको बताईएको छ ।

प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको र गठबन्धनमा आबद्ध दलहरूले प्रधानमन्त्रीको पक्षमा मत दिन सांसदहरूलाई निर्देश गरिसकेको छ ।