Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पुरानो प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति

२९ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

पुरानो प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति

केन्द्रमा नयाँ सत्ता समीकरण बनेसंगै सरकारले बिभिन्न प्रदेशमा नयाँ प्रदेश प्रमुखहरु नियुक्ति गर्ने तयारि गरेको छ । सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरूमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस गरेको बताईएको छ ।

मन्त्रिपरिषद्को बैठकले गण्डकीका पृथ्वीमान सिंह गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गर्दै नयाँ मनोनयन गर्ने निर्णय गरेको थियो । बर्खास्तीमा परेका प्रदेश प्रमुखहरु कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका थिए ।  

नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनैजना नेकपा एमालेका हुन् ।