Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

तेस्रोपटक मन्त्रिपरिषद बिस्तार, जसपा पनि सरकारमा सहभागी हुँदै

२७ आइतबार , फाल्गुण २०८०८ महिना अगाडि

तेस्रोपटक मन्त्रिपरिषद बिस्तार, जसपा पनि सरकारमा सहभागी हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण बनेसँगै जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर आज तेस्रोपटक मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । प्रधानमन्त्रीले जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी गराएर मन्त्रिपरिषद बिस्तार गर्ने भएका हुन् ।

पुरानो सत्ता गठबन्धन टुटेर नयाँ सत्ता गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, रास्वपा, नेकपा एसलाई समेटेर मन्त्रिमण्डल बनाएका छन् । आज जसपाक अध्यक्ष 
यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री, अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ भने जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने र आजै शपथ ग्रहण गर्ने तयारि रहेको बताईएको छ ।

यसअघि एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् । उक्त दलका मन्त्रीहरूले जिम्मेवारी सुरू गरिसकेको भएपनि जसपा भने सरकारमा सहभागी हुन ढिला भएको थियो ।

आज सरकारमा जसपालाई पनि समेटेपछि बहुमत पुग्ने हुँदा प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते संसदबाट विश्वासको मत लिने तयारी गरेको बताईएको छ ।