Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

राष्ट्रिय सभा अध्यक्ष छान्न माओवादी बैठक बस्दै

२७ आइतबार , फाल्गुण २०८०२ बर्ष अगाडि

राष्ट्रिय सभा अध्यक्ष छान्न  माओवादी बैठक बस्दै

राष्ट्रिय सभाको अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएसंगै खालि भएको राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवार तय गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । मंगलबार हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न आजको पदाधिकारी बैठक बस्न लागेको हो ।

हिजो बसेको पार्टी संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आइतबार टुंगो लगाउने बताएसंगै आज बैठक बस्न लागेको हो । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल दाबेदार रहेको बताईएको छ ।

नयाँ सत्ता गठबन्धनले यसअघि गरेको सहमति अनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष एमालेलाई दिने निर्णय भएको थियो । नेपाली कांग्रेससंगको सत्ता गठबन्धन टुटेपछि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एस र जसपाको नयाँ मन्त्रीमण्डल पुनर्गठन भएको छ ।