नयाँ सत्ता गठबन्धनको पहिलो मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुलाई नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन् । आज बिहान सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई उक्त निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेससंगको गठबन्धन टुटेपछी माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा, नेकपा एस लगायत दलहरु सम्मिलित पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई कामको नतिजा आउने गरी काम गर्न निर्देशन दिएको बताईएको छ ।
आज सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिएका हुन् । हिजो तीन उपप्रधानमन्त्रीसहित २० जना मन्त्रीले शपथ लिएर मन्त्रीमण्डल बिस्तार भएको थियो भने जसपाबाट अरु मन्त्रीहरु छनोट हुन् बाँकि छ ।