नयाँ सत्ता गठबन्धनको मन्त्रीमण्डलमा जनता समाजवादी पार्टी (जसपा) सहभागी हुने भएसंगै बैठक बोलाएको छ । जसपाले सरकारमा सहभागी हुने भएपछी मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
जसपाले पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान बैठक बोलाएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको भए पनि बुधबार मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्री पठाएको थिएन । जसपाको १५ जना संघिय सांसद रहेको छ ।
यसअघि हिजो साँझा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले राष्ट्रपति कार्यालय शितल निवासमा शपथ खाईसकेका छन् ।