Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

तीन उपप्रधानमन्त्रीसहित २० जनाको मन्त्रिपरिषद् गठन

२४ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

तीन उपप्रधानमन्त्रीसहित २० जनाको मन्त्रिपरिषद् गठन

नेपाली कांग्रेससँगको सत्ता गठबन्धन टुटेसंगै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले ३ उपप्रधानमन्त्रीसहित २० जनाको मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक मन्त्री, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र र रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री सहित २० जनाको मन्त्रिपरिषद् गठन गरेका हुन् ।

बुधवार राष्ट्रपति कार्यालयमा नवनियुक्त तीन उपप्रधानमन्त्रीसहित २० जना मन्त्रीले शपथ खाएका छन् । ३ जना उपप्रधानमन्त्री रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने लगायत मन्त्रिहरु पदम गिरी कानुन न्याय तथा संसदीय, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी,खानेपानीमा राजेन्द्र राई, उद्योगमा दामोदर भण्डारी, कृषिमा ज्वालाकुमारी साह र भूमि व्यवस्थामा बलराम अधिकारी रहेका छन् ।

त्यसैगरी अर्थमा वर्षमान पुन, ऊर्जामा शक्ति बस्नेत, सञ्चारमा रेखा शर्मा र विना विभागीय शपथ लिएका हितबहादुर तामाङको भागमा पर्यटन मन्त्रालय परेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममा डिपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठ रहेका छन् भने एकीकृत समाजवादीबाट भानुभक्त जोशी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा, सहरी विकास मन्त्री बनेका छन् ।