Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

आज संघीय संसद्को दुवै सदनको बैठक बस्ने

२४ बिहिबार , फाल्गुण २०८०९ महिना अगाडि

आज संघीय संसद्को दुवै सदनको बैठक बस्ने

सत्ता समीकरण फेरिएसँगै आज पहिलो पटक संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेपछी बस्ने भएको हो ।  

मन्त्रिपरिषद् पुनर्गठनपछि पहिलो पटक संघीय संसद्को दुवै सदनको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रतिनिधि सभाको आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा साामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ । 

राष्ट्रिय सभामा पनि राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको चौसट्ठिऔं वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको बताईएको छ ।

त्यसैगरी राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभालाई गराउने कार्यसूची रहेको छ ।