नेकपा (एकीकृत समाजवादी)ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने बारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । आज बुधबार बिहान बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी नेकपा बैठक बोलाइएको हो ।
यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष माधव कुमार नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावमा नेपालले सल्लाह गर्ने बताएकको र उक्त प्रस्ताव अनुसार सरकारमा सहभागिबारे छलफल गर्न बैठक बोलाइएको बताईएको छ ।
अहिलेको घटनाक्रमलाई हेरेर गुण र दोषको आधारमा सरकारमा जाने/नजानेबारे आजको सचिवालय बैठकले निर्णय गर्ने बताईएको छ । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितको बैठकमा एकीकृत समाजवादी सरकारमा जान सकारात्मक रहेको जनाएको थियो ।