Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

टिष्टादेखि सतलज सम्मको नेपाल

२२ मंगलबार , फाल्गुण २०८०९ महिना अगाडि

टिष्टादेखि सतलज सम्मको नेपाल

फणिन्द्र पन्त - - - 
टिष्टादेखि सतलज नदीसम्मको भू–भाग नेपालको हो, फिर्ता गर भन्ने आवाज नेपालमा बाक्लिदै गएको छ । नेपालीको भनाइ छ–  ‘सन् १८१५ डिसेम्बर २ का दिन ब्रिटेनले नेपाल समक्ष सुगौली सन्धिको प्रस्ताव पठाएको थियो । यस प्रस्तावमा नेपालले १८१६ मार्च ४ मा बाध्यतापूर्वक हस्ताक्षर गरेपछि नेपालले पूर्वमा टिष्टा नदी, पश्चिममा सतलज नदी सम्मको २० लाख ४ चार ९ सय १७ वर्ग किलोमिटर भू–भागमध्ये एकतिहाइ गुमाएको थियो । हामी नेपालीहरूको ती भू–भागमाथिको सार्वभौम अधिकार कुण्ठित गर्ने हक १९४७ मा मात्र स्वतन्त्र भएको भारतलाई छैन । हामीलाई पनि हाम्रो स्वतन्त्रता उत्तिकै प्यारो छ, जति अरूलाई छ । हरेक वर्ष डिसेम्बर २ का दिन सुगौली सन्धि जलाउने गरिन्छ । यो सन्धि नेपालीलाई कदापि मान्य नभएकोले नेपालको सिमाना पूर्वमा टिष्टादेखि पश्चिममा सतलजसम्म कायम हुनुपर्ने माग नेपालीले उठाउने गरेका छन् ।
अचम्म वर्तमान शासक र सांसदहरू यो विषयको उठान नै गर्दैनन् । यतिमात्र होइन, भारतले लिपुलेक, कालापानी, लिम्पियाधूरा र ६६ हजार हेक्टर भूमि खाइसक्यो, देशभक्त हौं भन्ने कोही बोल्दैनन् । संसदमा बहस नै हुँदैन । – फणिन्द्रराज पन्त