Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नयाँ बन्ने सत्ता गठबन्धनमा नाउपा पनि सामेल हुने

२१ सोमबार , फाल्गुण २०८०२ बर्ष अगाडि

नयाँ बन्ने सत्ता गठबन्धनमा नाउपा पनि सामेल हुने

नेपाली कांग्रेससंगको सत्ता गठबन्धन टुटेपछी अब नयाँ बन्ने सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सामेल हुने भएको छ । आज बालुवाटार बैठकमा सहभागी भएपछि नाउपाका अध्यक्ष रेशम चौधरीले आफूहरु नयाँ सरकारमा सहभागी हुने बताएका छन् ।

नयाँ गठबन्धन जोडिने प्रयत्न हुँदै गर्दा कुनकुन दललाई गठबन्धनमा सामेल गराउने भन्ने विषयमा एक्ला एक्लै बोलाएर छलफल गर्ने प्रक्रिया चलिरहेकाले अध्यक्ष चौधरीले केन्द्रमा आफ्नो मन्त्री नै रहेको र केही प्रदेशहरुमा पनि पकड राम्रो रहेको उल्लेख गर्दै पार्टीको बैठक बसेर निर्णय सार्वजनिक गर्ने बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक भएकाले नयाँ बन्ने गठबन्धनमा नाउपाको महत्त्व रहने बताए ।

चौधरीले नयाँ बन्ने सत्ता समिकरणमा सहभागी हुन आफ्ना माग र मुद्दालाई सम्बोधन गराएर मात्र कदम अगाडि बढाउने जानकारी दिएको बताईएको छ । उनले अहिले जोडिने नयाँ सत्ता गठबन्धनप्रति हामी सकारात्मक रहेको बताउदै विगतमा पटक पटक धेरै कुराबाट धोका खाएको तर अबको गठबन्धनमा सामेल हुँदा आफ्ना धेरै माग मुद्दालाई सम्बोधन गराएर मात्र मात्रै सहभागी हुने बताए ।

अध्यक्ष चौधरीले अस्थिर राजनीतिका कारण जनतामा चरम निराशा छाएकाले नयाँ बन्ने सरकार जनता र विकासमुखी हुनुपर्नेमा जोड दिएका छन् ।