नेपाली कांग्रेससंगको सत्ता गठबन्धन भत्किएसंगै एमालेसहितको गठबन्धन ब्युँत्याएर नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ । एमाले,माओवादी, रास्वपा र जसपाका एक एक जना मन्त्रीको आजै साँझसम्ममा शपथ ग्रहण हुने बताइएको छ ।
एमाले सचिवालय सदस्यका अनुसार प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुने बताईएको छ । जसमा एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरी, माओवादीबाट वर्षमान पुन रास्वपाका सभापति रवि लामिछाने र जसपाका एक मन्त्री रहने बताईएको छ ।
नयाँ समीकरणबारे सम्पूर्ण कार्य आजै सम्पन्न गर्ने ढंगले कार्य अघि बढेको र नयाँ समीकरणमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सँगै लैजान सकिनेवारे एकथरीले छलफलमा धारणा राखेको बताईएको छ ।