Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सत्ता गठबन्धनको बैठक स्थगित, नेताहरुको दौडधुप

२१ सोमबार , फाल्गुण २०८०९ महिना अगाडि

सत्ता गठबन्धनको  बैठक स्थगित, नेताहरुको दौडधुप

आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिबारे छलफल गर्न बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको हो ।

बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने तय भएको थियो । तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक रोकेर पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्न सचिवालय बैठक बोलाएका छन् । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरूलाई जानकारी गराउने बताईएको छ ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बिहान १० बजे बैठक बोलाएका हुन् । सत्ता गठबन्धन भत्किएपछि नयाँ रणनीति तय गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको बताईएको छ ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहान पार्टीको सचिवालय बैठक र जनमत पार्टीका अध्यक्ष सिके राउतसँगको भेटवार्ता गरेर अहिले बालुवाटारतर्फ गएका छन् । ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटारतिर गएका हुन् । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि नयाँ समीकरणको खाका तय गर्न ओली बालुवाटार जान लागेको बताईएको छ ।