Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

रास्वपाको तात्कालिक निर्णय गर्ने अधिकार सभापतिलाई

२१ सोमबार , फाल्गुण २०८०९ महिना अगाडि

रास्वपाको तात्कालिक निर्णय गर्ने अधिकार सभापतिलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक परिस्थितिअनुसार तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ । आज बिहान सभापति लामिछानेको निवास हात्तीगौंडामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताईएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले जानकारी गराएको र बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन् ।

हिजो साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने र जनता समाजवादी पार्टीका उपेन्द्र यादबलगायतका नेताहरुबीच भएको छलफलपछि सत्ता गठबन्धन परिवर्तन हुने सम्भावना बलियो भएको र छलफलपछि नयाँ समीकरण बनाउन निर्णायक पहल सुरु भएको बताईएको छ ।