Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आज सकिँदै

२० आइतबार , फाल्गुण २०८०९ महिना अगाडि

राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आज सकिँदै

हरेक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि सकिने र निर्वाचन मार्फत पदपूर्ति गर्ने राष्ट्रिय सभामा २० जना सदस्यहरूको पदावधि आज सकिँदै छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिन लागेको हो ।

नेपालको नयाँ संविधानअनुसार राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएन लागेको हो । राष्ट्रिय सभाका राष्ट्रिय सभाका पदावधि सकिनेमा अध्यक्ष तिमल्सिना दुई राज्यमन्त्रीसहित २० जना रहेका छन् ।

राष्ट्रिय सभामा एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई छन् । त्यसैगरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि आजैबाट पदावधि सकिँदै छ ।

नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि सकिँदै छ । त्यस्तै माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी रहेका छन् भने एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहेका छन् ।

राष्ट्रिय सभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि आजै पदावधि सकिँदै छ । राष्ट्रिय सभामा पदावधि सकिएर रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको र उनीहरुको भोलि सोमबार शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । अर्को १ पदका लागि भने मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपतिले मनोनयन गर्नेछन् ।