राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी चैत्र १६ गत्ते काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने बताएको छ । राप्रपाले एक प्रेस विज्ञप्ति जारी गर्दै चैत १६ गते काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने बताएको हो ।
फागुन ९ गते राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित सरकारलाई ४० बुँदे माग पत्र पेस गरेको राप्रपाले सोही माग कार्यन्वयनका लागि देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम र काठमाडौंमा जनसंघर्ष गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
संघर्षका कर्यक्रमम पूर्व तयारीका लागि पार्टीले बुधबार काठमाडौंमा सबै जिल्लाकाको प्रतिनिधिमूलक आन्दोलनसम्बन्धी प्रशिक्षण गरेको समेत बताएको छ ।
आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको विषयमा प्रशिक्षण दिइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।