हाम्रो देशको इतिहाशमा थुप्रै असामन्य र डरलाग्दा शङ्घर्षहरू भएका छन् ।नेपाल देशलाई जोगाउने क्रममा कयौं व्यक्तित्वहरूले सहदात प्राप्त गरेका छन् ।
यहाँ के सवाल छ भने कहिले देखि कहिले सम्मकालाई शहीद मान्ने त्यसबारेमा छिनोफानो हुनसकेको छैन । अहिले सम्मका सरकार त्यसैमा केन्द्रीत देखिन्छन् ।
भुरे टाकुरे बाइसे चौबिसियहरूले कविला सिष्टममा राज गरे । त्यसपछिका राणाहरूले पनि लामू समय सम्म राज गरे । राणाहरूले कयौँ आफ्नै स्वार्थमा मारेका होलान, राजाहरूको साशनकालमा पनि सिकार भएकै होलान त्यो कस्ले खोतल्ने ? खलङ्गाको नालापानीमा किल्लाको रक्षा गर्दा अंग्रेजसँग लड्दा कम्तिमा पनि ६ सय ३० जना मारिएको देखिन्छ । उनीहरूलाई के भन्ने ? पृथ्विनारायण शाहाको पालामा उनले चलाएको एकिकरण अभियानमा पनि धेरैजनाले विरगति पाएका छन् । यस्ता ज्ञात अज्ञात शहीदहरूको लामू सुचि भेटिन्छ । यही देशमा सतिप्रथा, देउकी प्रथा रह्यो । मुलुकमा युद्ध र बलिदान अनगिन्ती भएका छन् । त्यो खोजविनको बिषय हो ।
२००७ सम्म राणाहरूले हालिमोलाही गरे । फागुन ७ गतेलाई अहिले पनि प्रजातन्त्रको रूपमा मनाइन्छ तर शहीदको सूची अहिले सम्म निर्धारित गर्न व्यवस्थाले सकिराखेको देखिएन । २००७ सालमा राजा र कांग्रेसले राणा सङ्ग दिल्लीमा सम्झौता गरे पछि त्यसका विरूद्ध “दिल्ली सम्झौता धोका हो’ भन्दै बिद्रोहगर्ने मुक्तिसेना कमान्डर चित्र बहादुर गुरूङ, एकदेव आले र राम प्रसाद राई के हुन् ?
माओवादीहरूले चलाएको कथित् जनयुद्धको दौरानमा अठारौं हजार मारिए । राजपरिवार हत्याकाण्ड भयो । त्यो राजाहरूको हत्यालाई के भन्ने ? अहिले सम्म राज्यले टुङ्ग्याउन नसकेका बिषयहरू त छँदैछन् । कतिपय देशभक्तको हत्या त दुर्घटनामा तपदिल भएका देखिन्छन् । यी यावत कुरा त छंदैछन् ।
अहिलेको बिषय केहो भने । राज्यले घोषित गरेका शहीदहरूको बारेमा उनीहरूको सम्मानको बारेमा छलफल चलाउनै पर्छ जस्तो लाग्छ ।
राज्यले पहिलो शहीद भनेर किटान गरेका कैप्टन लखन थापा । (लक्षुमन थापा) को सम्झनामा फागुनको २ गते उनको स्मृति दिवसको मगर संघले मनाए ।
देशभरी त के कसरी मनाए त्यसबारेमा खासै खबर आएन । कतिपय ठाउँमा मगर संघले मात्रै मनाएका छन् । के उनी मगर भएकै नाताले मगरले मात्रै सम्झना गर्ने हो ? राज्यको कुनै जिम्मेदारी हुँदैन ? उनी देशका प्रथम शहीद भएको घोषित गरिसकेपछि त्यो कुनै एउटा जात वा पार्टी विशेषको कार्यक्रम नभएर एउटा शहीदको सम्मानको बिषय बन्दछ । दुर्भाग्य लखनथापाको बारेमा खासै चासो नदिएको देखिन्छ । एउटा कार्यक्रममा यो पङ्तिकारको पनि उपस्थिति थियो । त्यहाँ मगरहरू कै पनि न्यून् उपस्थिति देखियो । अन्य जात जातिहरूको उपस्थिति थिएन नै भनेपनि फरक पर्दैन् । यसरी राष्ट्रले घोषित गरेको महान शहीदको पनि जातिय आधारमा वा पार्टीको आधारमा बिभाजन गर्न थालेपछि देश कहाँ पुग्ला ?
गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शाश्त्री, दशरथचन्द लगायतका कयौं शहीदहरू भन्दा पनि पहिलो शहीदको दर्जा पाएका कैप्टन लखन थापा मगरको राष्ट्रिय स्तरमा सम्मान् हुनुपर्छ । हुनसकेको देखिदैन ।
शहीदहरूको जीवनी र उनीहरूको योगदानलाई राज्यले पाठ्यपुस्तकहरूमा सामिल गर्नुपर्छ । ताकी जनताले र बाल बालिकाहरूले हाम्रो देशका महान शहीदहरूबाट प्ररेणा लिनसकुन् । यस्ता राष्ट्रिय विभूतिहरूको स्मारक सिमानाहरूमा ठड्याउने व्यवस्था राज्यले गर्नैपर्ने देखिन्छ । यतातिर चासो नै छैन ।
को थिए त कैप्टन लखन थापा ? वि.स.१८९१ मा गोरखा जिल्लाको शहीद लखन गाउपालिका वार्ड न.७ स्थित काउले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गाविस.वार्ड नं.४) मा भएको हो । उनी आफ्नो मातापिताको जुम्ल्याहा सन्तान् मध्यका कान्छ हुन् । उनको वास्तविक नाम लक्ष्मण सिहँ थापा राखिएको थियो । त्यो वेला नेपालमा राणाको शासनमा शिक्षा हासिल गर्न कठिन हुन्थ्यो । शिक्षाको कुनै माध्यम नभएकोले उनले आफ्नो एकजना तेस्रो राइफल्स.भारतको अल्मोडामा कार्यरत आफन्ती कहाँ बसेर शिक्षा प्राप्त गरेका थिए ।
लख्खन थापा नेपाल फर्किएपछि वि.स.१९११ मा पुर्खौली मगर पल्टन (पुरानो गोरखा पल्टन) मा भर्ना भए । त्यो वेला जंगबहादुर राणाको हुकुमी शासनको बिरोधमा कुनैपनि चुँ सम्म गर्न सक्दैन थिए । निरंकूश राणा शासनकालमा “हुकुमको जवाफ छैन’ भन्ने आख्यान थियो । जंगबहादुरको निरंकूश शासन रहेको बखत भारतमा अंग्रेजको ओपनिवेशिक शासन कायम थियो । १० में १८५७ को मेरठको गोलिकाण्ड पछि भारतीय स्वतन्त्रता संग्रामले उग्र रूप लिएको अबस्था थियो ।
त्यही द्वौरान भारतको अंग्रेजी सरकारले नेपालसँग सैनिक सहायताको लागि प्रधानमन्त्री जंगबहादुर राणालाई पत्र लेखेर माग गर्यो । ई.स.१८५७ डिसेम्वर १०का दिन जंगबहादुर राणा २७ वÞटा नेपाली पल्टनको आफै नेतृत्व गर्दै नौ हजार सैनिक सहित १० मार्चमा लखनउमा पुगे । पुगेकै भोलि पल्ट अंग्रेजी सैनिकसँग मिलेर संयुुक्त रूपमा लखनाउको स्वतन्त्रताका प्रेमीहरूलाई निर्ममता पूर्वक दमन गरेर अंग्रेजलाई खुशी पारे । त्यो पल्टनमा लखन थापा मगर पनि थिए । उनलाई जँगबहादुरको त्यो व्यवहार ठिक लागेन । उनले जंगबहादुरलाई नेपाल म्लेच्छ अंग्रेजलाई बेच्यो भनेर आवाज उठाएका थिए ।
उनी आफ्नो विरता र कौसलताले विस.१९२५ मा नेपाली सैनाका कैप्टन भैसकेका थिए । तर पनि उनलाई नेपाली सेनाको जागिर जंग बहादुरको विरूद्धमा जनएकता गर्न बन्धन् हुने महेसूस् भयो । त्यसपछि पद र भौतिक सुबिधाको कुनै पर्वाह नगरी १९२७ मा आफ्ना मित्र जयसिहँ चुमीलाई साथमा लिएर घर बिदा लेखाएर सेनाको जागिर छाडी जनताको सहयोगमा एउटा टिम तैयार पारे । त्यो टिमकै माध्ययमबाट जङ्गबहादुरको हुकुमी साशन व्यवस्थाको बिरोध गर्नथाले ।
पछि जंगबहादुरलाई त्यसको भनक भयो । जंगबहादुर राणाले सैनालाई लिएर लखन थापा लगायतका सहयोगीहरूलाई गिरफ्तार गर्यो । लखन थापालाई राजकाज द्रोहीको मुद्धा लगाइयो । उनले राणाको अगाडि आत्मसम्प्रण गरेनन् । उनी नझुकेपछि जंगबहादुरले २ फागुन विस.१९३३ सबैभन्दा पहिले गोरखा बुङ्कोटको आफ्नै किल्ला परिसर भित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडीको खिर्वाको रूखमा कैप्टन लखन् थापाको छाला काडेर निर्ममता पूर्वक झुण्डाएर मारेका थिए । भनिन्छ नेपालको इतिहासमै १९२७ देखि १९३३ जन संगठन गरि लखनथापा मगरको नेतृत्वमा भएको बिद्रोह नै हुकुमी शासन बिरूद्धमा जनस्तरबाट उठेको पहिलो बिद्रोह थियो । नेपालको सरकारले धेरैपछि २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछि वि.स.२०५६मा लखनथापालाई शहीद घोषणा गर्यो । वि.स.२०७२साल असोजको ३ गते औपचारिक रूपमा नेपालको प्रथम शहीदको दर्जा दिइयो । यस्ता शहीदको सम्मानका लागि सर्वत्र आवाज उठाउनु राष्ट्रको हितमा हुन्छ । शहीदको दर्जा दिन के कती कारणले ढिला गरियो त्यो छुट्टै बिषय हो तर शहीदको दर्जा पाएपछि कैप्टन लख्खन थापाको सम्मानमा कार्यक्रमहरू गरेर उनको सम्मान पनि गर्नुपर्दथ्यो । यहाँ एकजना लख्खन थापाको त उधारण मात्र हो, अन्य शहीदको पक्षमा पनि खासै राज्यले पहल गरेर सम्मान गरेको देखिदैन । बरू शहीद शब्द सस्तो बनाइएको छ ।
नेपाल निर्माता, हाम्रो देशका शहीद र हाम्रो देशको नक्सा, देशको संस्कृतिको बारेमा पनि अनिवार्य पाठ्यपुस्तकहरूमा सामिल गरेर भावि पिढीलाई सचेत गर्नुपर्ने आजको आवस्यकता हो । ताकी देशका गौरव, वीरहरूका बारेमा आउने पिढीले जानकारी प्राप्त गर्न सकुन् । इतिहासबारे जानकार हुनसकुन् । - सुरेशकुमार पाण्डे