Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने शिक्षाको आवस्यक छ : अध्यक्ष नेपाल

१३ आइतबार , फाल्गुण २०८०९ महिना अगाडि

विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने शिक्षाको आवस्यक छ : अध्यक्ष नेपाल

नेपाली शिक्षा नैतिकतायुक्त, व्यावसायिक, सीपमूलक र विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको हुनुपर्नेमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जोड दिएका छन् । द सनसाइन स्कुलको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

स्कुलको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले विद्यमान शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै नैतिक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताएका थिए । उनले समाजको चरित्र निर्माण र समग्र मुलुकको विकासका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रमा सुधार अपरिहार्य रहेको समेत प्रष्ट पारेका थिए ।

अध्यक्ष नेपालले शिक्षा क्षेत्रमा सुधार भएमात्र समाज निर्माण गर्न सकिने भएकाले समग्र मुलुकको विकासका लागि दक्ष जनशक्ति उत्पादनका लागि समेत शिक्षा क्षेत्रमा सुधार अति जरुरी रहेको बताए ।

त्यस्तै शिक्षा क्षेत्रलाई प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रका रुपमा मात्र राख्ने नभई समग्र मुलुकको जिम्मेवारीका रुपमा बुझ्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिएका थिए । साथै, संविधानले  प्रत्याभूत गरेको मौलिक हक कार्यान्वयनका सन्दर्भमा सबै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।