Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

माओवादीको स्थायी समिति बैठक बिहान ११ बजे बस्दै

१३ आइतबार , फाल्गुण २०८०९ महिना अगाडि

माओवादीको स्थायी समिति बैठक बिहान ११ बजे बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । बिहान पार्टी कार्यालयमा रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी र कार्य विभाजन लगायतका विषयमा छलफल गर्न बैठक बस्ने भएको हो ।

यसअघि शुक्रबार बैठक बस्ने तयारि गरिएको भएतापनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको थियो । त्यसैगरी बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेको र उक्त बैठकमा काम गर्ने/नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

आजको बैठकमा पदाधिकारीसहित नेताहरूको जिम्मेवारी हेरफेर गरिने बताईएको छ । रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाई सजाय गर्ने पार्टीले जनाएको छ । साथै, आजको बैठकले आगामी चैत-वैशाखमा सञ्चालन हुने पार्टीको अभियानबारे छलफल गरी नेताहरूको कार्य विभाजन हुने बताईएको छ ।