Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मुख्यमन्त्री यादवले विश्वासको मत लिने

०६ आइतबार , फाल्गुण २०८०९ महिना अगाडि

मुख्यमन्त्री यादवले विश्वासको मत लिने

मधेस प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएपछिको अवस्थामा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने परिस्थितिअनुसार आज  विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो २ बजेलाई बोलाइएको छ ।  

मुख्यमन्त्री यादवले विश्वासको मत लिने भएपछी देशसभाको बैठक दिउँसो २ बजेलाई बोलाइएको प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । सुचानानुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारि रहेको छ ।  

यसअघि प्रदेश सरकारमा सामेल भएका जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिँदै गत माघ ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो । आजको विश्वासको मत अन्तर्गत संघीय गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताएका छन् भने १ सय ७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ ।

मधेस प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली कांग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारमा छन् । अहिलेको समिकरणअनुसार चार दलका ६५ जनाको समर्थन मुख्यमन्त्री यादवलाई देखिएको छ ।

मधेश प्रदेश सभामा एमालेको २३ सिट, कांग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सिट छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रको ९ र नेकपा एकीकृत समाजवादीको ९ सिट रहेको छ ।