Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

प्रतिनिधि सभामा सांसद प्रश्नको जवाफ दिदै प्रधानमन्त्री

०६ आइतबार , फाल्गुण २०८०९ महिना अगाडि

प्रतिनिधि सभामा सांसद प्रश्नको जवाफ दिदै प्रधानमन्त्री

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । 

कार्यसूचीअनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरो पढेर सुनाउने र त्यसपछि प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर श्रृङ्खला सुरु हुने छ ।

बैठकमा राष्ट्रिय सभाको ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने बताईएको छ । त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक सम्बन्धी प्रतिवेदन, २०८०’ पेश गर्ने पनि कार्यसूची रहेको छ ।

बैठकमा अर्का सांसद प्रेम सुवालले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस्’ भनि राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने र  अर्थ मन्त्री डा.प्रकाश शरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तयारि रहेको छ ।

बैठकमा अर्थ मन्त्री डा.महतले ‘बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने बताईएको छ ।