Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले नैतिकता सिकुन्

०१ मंगलबार , फाल्गुण २०८०५ महिना अगाडि

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले नैतिकता सिकुन्

काठमाडौं । हंगेरीकी राष्ट्रपति केट्लिन नोवाकले बालयौन शोषणमा दोषी ठहर भएका व्यक्तिलाई सजाय माफ दिएको विषयको उठान भएपछि पदबाट राजीनामा दिएकी छिन् ।
उनले टीभी कार्यक्रममा लाइभ आएरै आफूबाट गलत व्यक्तिले सजाय माफी पाएकोमा खेद व्यक्त गर्दै पदबाट राजीनामा दिएको सार्वजनिक गरेकी हुन् । उनले एकसाता अघिमात्र सरकारी बालगृहका निर्देशकमाथिको सजाय माफी दिने निर्णय गरेकी थिइन् । ती निर्देशकले बाल यौन शोषणको मुद्दा फिर्ता लिन बालबालिकालाई दबाब दिएका थिए । यो विषय उठान भएपछि राष्ट्रपति नोवाकले नैतिक संकटमा परेको अनुभूति गरेर जनतासँग माफी माग्दै राजीनामा दिएको समाचार आएको छ ।
राष्ट्रपतिले यसरी गलत व्यक्तिलाई माफी दिन हुन्छ ? भन्ने प्रश्न हंगेरीमा निकै ठूलो स्वरमा जनताले उठाएका थिए । बिरोध बढ्यो, आलोचना भयो । जनआवाजको कदर गर्दै आफूबाट गलत भएको आत्मालोचना गर्दै उनले राजीनामा दिएकी हुन् ।
हंगेरीमा नैतिकता र जनआवाजको यस्तो कदर, नेपालमा ? नैतिकता मरिसकेको देखिन्छ । अदालतबाट हत्यालगायतका आरोपमा जन्मकैद परेका व्यक्तिलाई प्रधानमन्त्री सिफारिस गर्छन्, राष्ट्रपति माफी दिन्छन् । जनताले बिरोध गर्छन्, कहीं कर्त सुनवाई नै हुँदैन ।