Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

शैक्षिक भविष्यबारे बाबुरामको अनुभव

०१ मंगलबार , फाल्गुण २०८०९ महिना अगाडि

शैक्षिक भविष्यबारे बाबुरामको अनुभव

ह्वाइट हाउस लिटरेचर फेस्टिबलमा अतिथि बन्न पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विद्यार्थीलाई सोधेको र विद्यार्थीले दिएको सवाल जवाफलेदेशको शैक्षिक भविष्य कति अन्धकार छ भन्ने देखाएको छ ।
हजारभन्दा बढी विद्यार्थी उपस्थि त रहेको समारोहमा सोधेको र विद्यार्थीले दिएको जवाफ डा.बाबुरामले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्– प्लस टू पछि को को स्वदेश र को को विदेश पढ्न जाने तयारीमा छौ ?
उपस्थित विद्यार्थीमध्ये अधिकांशले विदेश पढ्न जाने जवाफ दिएको देखेपछि डा.बाबुराम भट्टराईले लेखेका छन्– असी प्रतिशतले हात उठाएको देखेर मनमस्तिष्क उद्वेलित भैरहेछ !
यो आश्चर्य मान्नुपर्ने विषय होइन । किनकि कुनै पनि विद्यार्थी प्लस टु पढेपछि नेपालमा पढ्न, बस्न चाहदैनन् । उनीहरू कसैले नेपालमा आफ्नो भविष्य देखेका छैनन्, उच्चस्तरीय अध्ययन गर्न सकिन्छ भन्ने उनीहरूमा विश्वास पनि छैन ।
डा.बाबुराम भट्टराईले बुझेको यथार्थ यही हो कि यो देशको भविष्यकानिम्ति ठूलो खतराको घण्टी हो । प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विनम्र आग्रह छ – यो धरातलीय यथार्थलाई वेलैमा आत्मसात गरेर कि त शिक्षाक्षेत्रमा युग सुहाउँदो क्रान्तिकारी सुधार तुरून्त गर्नोस्, कि कुर्सी छोड्ने हिम्मत गर्नोस् । नत्र इतिहासले धिक्कार्ने छ ।
डा. बाबुराम भट्टराईको यो आत्मवोधको सार्वजनीकरणपछि अनेक प्रतिकृयाहरू आएका छन् । स्वयम् बाबुराममाथि प्रश्न उठेको छ– तपाईंको छोरीले नेपालमा पढिन ? हेक्कारहोस् तपाईंको तपाईको नातीले पनि नेपालमा पढ्ने छैन ? देशको यो दुर्दशा बनाउन तपाईंको योग्दान कति छ भनेर आफूले आफैलाई प्रश्न गर्नुस् । देशको दुर्दशाको सबै जानकारी पाउन सकिनेछ ।
किन नेपालीहरूमा यसरी देशप्रतिको माया भए पनि देशबाट भागुँ भागुँ भइरहेको छ ? कुनै पनि नेपालीले नेपालमा किन भविष्य देखिरहेको छैन । यो प्रश्न देशका शिक्षाविद, समाजशास्त्री, राजनीतिकर्मी र हरेक क्षेत्रका विज्ञ विशेषज्ञहरूले चिन्तन र मन्थन गर्नुपर्ने विषय हो । तर कसैलाई यो बढ्दो नैराश्यताबारे चिन्ता र चासो छैन । जब देश हाँक्नेमा देशप्रतिको भाव छैन भने गाँस बास र कपासका लागि हरेक क्षेत्र जुधिरहेकाहरूले देश हेर्ने कि पेट ? परिवार हेर्ने कि दैनिक गुजारा गर्ने विकल्प ?
देश मरिरहेको छ । देश भनेको जनता हो । जब जनतामा नैराश्यता बढ्छ भने देश मरेको अवस्था हो । देश मर्नु भनेको देश हाँक्नेहरूमा देशप्रतिको जिम्मेवारी नहुनु हो । देशप्रति जिम्मेवार र जवाफदेही कसरी हुनसकिन्छ, यो भावना फैलाउन सकिन्छ ? यसतिर राष्ट्रव्यापी बहस हुनुपर्छ, निकास निकालिनुपर्छ । जति अबेर हुनेछ, त्यति देश खोक्रो र बोक्रोमात्र बाँकी रहनेछ । समय छ, राजनीतिक परिवर्तनले मात्र देशले गुणात्मक परिवर्तन पाउनेरहेन छ । राजनीति जब धमिलिन्छ, अपराधिकरण हुन्छ, तब राजनीतिप्रति जनताको घृणा यसैगरी बढ्नेरहेछ । सुध्रिनुपर्ने पहिलो काम राजनीति गर्नेको हो, तिनमा नैतिकताको विकास हुनैपर्नेरहेछ । तवमात्र देश बाँच्नेरहेछ ।     – फणिन्द्र पन्त