समाज लेनदेन अर्थात व्यापारमय बन्दै गएको छ । राजनीति लेनदेनको बन्यो, शासन लेनदेनको बन्यो, समाज अछुतो रहने कुरै भएन । सिङ्गो सद्भावमय समाज लेनदेनमय बन्नु स्वभाविक थियो, त्यस्तै बन्दै गयो ।
पैसा भए पनि पीर नभएपनि पीर । अझ लेन–देनमा त कुरै नगरौं । पैसाको रातो मुख भन्ने चलन नै छ । पैसाका लागि मानिसहरूले जे पनि गर्छन् भन्ने कुरा त हाम्राँ गाउँका तर्फबाट विश्व कै धनीका लिष्टा परेका दाजुभाई कालो कोठरीमा छिरेपछि पो थाऽ भो त ।
यता झिरिप्प पारेर पो श्रीलंका तिर पनि तुरूप हान्न भ्याका रे । कति टाठा रैछन् । दलेदाई झोला फेरि फेरि नेपालाँ मात्र होइन नेपालभन्दा सानादेखि आफूलाई ठूला भन्ने देशसम्म पनि उस्तै रैछ । त्यही भएर नै हाम्रा गाउँका डिठ्ठा साहेवहरूले सरकारी जल, जमीन जंगल त देख्दै नहुनेरे । किस्ता किस्ता छिमेकीलाई बेचिदिएका छन् अरे काईला बाले भनेको ! हुन पनि यथार्थ यही हो ।
कामभन्दा बढी गफ गरेर खाने भनेकै बाहरूले हो भन्दै थिए काईँला बा । बाहरूले लेनदेन बिगार्दा तीन पुस्तादेखिको भविष्य अन्धकारमय नै देखिएको छ । ए ऽ मालेका बा, नानीका बा, छोरीका बा अनि देउ ऽबा हरूले त यो देश आफ्नै बाउको बिर्ता नै बनाए भन्छन् काईँला बा ।
राणाकालदेखि न्यायका लागि लड्दै आएका काईंला बाले अहिलेसम्म पनि न्याय पाएका छैनन् रे । ‘न्याय माग्दा माग्दै नपाएपछि माग्नै छाडिदिएँ । खोसेरै पो लिन थाले त’ अगाडिका फुक्लिएका दाँत देखाउँदै खितित्त हाँसे काइँला बा । बाहरूलाई अहिले लेन–देनको चक्रव्युँहले फसायो रे । त्यही भएर जता हे¥यो उतै टावर नै टावर । अझ काठमार्डौको झिल्के टावरले गर्नु ग¥या छ बाबु भो भन्छन् काईला बा ! भित्तामा नाम लगाउन सवलाई हतारो ! मेलम्ची पानी नओस् नओस् धाराको मुनि नाम लेखाउन हतारो । टावर बनोस् नबनोस् उद्घाटन गरेर नामै लखाउन हतारो । बाटो बनोस् कि नबनोस् रिवन काटेर बोर्ड टाँग्नै हतारो ! यो हतारो हैन बाबु लेनदेनको लतारो हो भन्छन् काइँला बा ! आखिर जे रैछ बा मै रैछन् ? देश बेचेर खाने बा । नदी बेचेर खाने बा । डाँडा पाखा बेचेर खाने बा । युवा पुस्ता बेचेर खाने बा । सुन गलाउने बा । नेपालीलाई विदेशी बनाएरै रकम झवाँम पार्ने पनि बा । फिरङ्गीहरूको इशारामा देश चलाउने पनि बा । गनऽतन्त्रका नाममा जनतालाई रित्तो पार्ने पनि बा नै बा । मै मोरो सत्य बोल्ने, न्याय खोज्ने कहिँ नविक्ने किन रै छ भनेको त काइँला बा भएर पो रैछ !
जे होस अहिले बाऽ हरूको लेन–देन फस्टाउने देखिएन त्यसमै खुशी छ अरे । लेन हल्लाउन र भत्काउने भए पछि बाहरूको पनि मुटुमा ढ्याङग्रो ठोकिएको छ रे ! हुन त काइँला बा पनि कम हो र ! सात सालदेखि ७० सालसम्म पनि उस्तै तगडा न्याय नदिने भन्दै मुठ्ठी बटारेर ठोक्ने बानी परेको । त्यो बेला दाहिने हातको मुड्की देखाउँदै ‘अञ्चलाधिशलाई एक दिएर पुक्लुकै पारेको पो त मैले’ । काइँला बा अझै उही जोशले कुलिन्छन् । संघी ऽ यता न उता आएपछि त बाहरूको ताण्डव नृत्य नै भईरहेको छ त । लुट्न सके लुट कान्छा लुट्न सके लुट अरू देशमा पाइदैन नेपालमै छुट भन्दै गाईने गीत गाको जस्तै भा छ । त्यो सेतो झिल्के टावरमा पनि कति लुट लुट ! उद्घाटन हुँदै वन्दै उद्घाटन हुँदै वन्दै त्यस्तो पनि हुन्छ कतै ? त्यही भएर लेन हल्लिएको बा हरू चल्मलाएकै हुन् ।
जनताले तिरेको पैसाले बनेको टावरमा लेनदेन गरेरै फेरि असुल्न योजना बनाईरहेकाहरूलाई बालेनले बाजा बजाईदिए । ऊ बेला त आफ्नो ठेकेदार लगाएर पैसा असुल्नेहरूले अहिले पनि त्यसलाई ठेक्का लगाएर लुट्ने तयारी गरिरहँदा बाऽहरूको लेन भत्काउँदै बालेनले निःशुल्क गरिदिएपछि यिनका निद हराम भयो । काइँला बा फेरि पनि खित्का छाडेर हाँस्छन् ।
ठीक्क प¥यो । हन कति लुट्नु हो लुट्न पनि रैतीहरूलाई । झोला वोक्ने झोलेहरूले जे गरे पनि दाई र कमाउरेड भन्दै उकास्ने अनि तिनका बाऽहरूले देउ ऽ बा, देउ ऽवा भन्दै माग्ने अनि देश, नदी नवेचेर, बालुवा बेचुन् त ?
लेनदेन नगरी पनि त रैतीहरूले काम होस् न ! ३० वर्ष पञ्चेले लुटे भन्नेहरूले ३४ वर्षदेखि जनतालाई लुटेको छ लुटेको छ । फेरि लुट्न नपाइने भो भन्दै तगारो ताक्दै पो छन् त । काँठले जे गरेको छ ठिक गरेको हो नि । उद्घाटन भईसकेको ठाउँपनि वन्दै गरेको हुन्छ त ? हुन पनि हो । कति ढाँट्नु हो जनतालाई । कहिलेसम्म झुक्याउने हो झुक्याउन पनि । काइँला बा को तातेको रीस सेलाउने छाँटकाँट नै छैन । बाऽहरूका लेन– देन उजाड हुने भएपनि । बालेनको देन म बुढाले मन पराएँ त । मन पराएँ भने पनि मन पराएँ । हाम्रा पाला नारान गाईने गाको जस्तै हो –
‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस मैले उनको काम मन पराएँ’
जन जनको मनमा बसे पछि टावरलाई कुनै पावरले पनि काम गर्दैन । बाहरूको लेन भत्काउने काम नै जनताले न्याय पाउनु हो । मैले ७० वर्षदेखि खोजेको न्याय पनि यस्तै हो काईलाँ बा खुशीले उन्मत्त भाका छन् । विद्रोही माइँला पनि बुरूक्क बुरूक्क उफ्रेर अव देखाईदिन्छु भन्दैछन् । बा–हरूका लेन– देनले देश सक्कियो । यता बेच्यो उता बेच्यो सवै रित्तियो । युवा बेच्यो, नदी बेच्यो सव सकियो । जे होस् अव त लाग्छ लेन–देन पनि सक्एिला । हाम्रा पुराना घर नभत्किएला । न्याय दिने त देखिएला ! कोही न कोही त भेटिएला । आउँछ एक दिन आउँछ ।
एक युगमा एक दिन एक फेरि आउँछ ।
उलटपुलट उथलपुथल एकचोटी ल्याउँछ
त्यो एकदिन कहिले आउला ?
यो लेनदेनको झर्को कहिले सकिएला ?