Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

देश विकासका लागि भ्रष्टाचारमुक्त समाजको आवस्यक

२८ आइतबार , माघ २०८०६ महिना अगाडि

देश विकासका लागि भ्रष्टाचारमुक्त समाजको आवस्यक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देशको विकास नहुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकार, राजनीतिक दल, नागरिक समाजसहित सबैको भूमिका हुनुपर्ने बताएका छन् । आयोगको ३३ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारजन्य घटना छानविन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहेको बताए ।

उनले विभिन्न कालखण्डमा घटेका सबै साना-ठूला घटनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउदै माथिल्लो तहदेखि तल्लो तहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जो कोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको कसुरमा जो सुकै व्यक्ति समातिन्छ भने उसलाई कारबाही हुनुपर्छ र यसमा सरकारले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका थिए । विकास संमृद्धिको दिर्घकालीन लक्ष्य हासिल गर्नका लागि मुलुकमा सुशासन कायम हुनु आवश्यक रहेको उनको भनाई रहेको थियो ।