Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

पाकिस्तानमा मतदान शुरू,मोबाइल सेवा बन्द

२५ बिहिबार , माघ २०८०६ महिना अगाडि

पाकिस्तानमा मतदान शुरू,मोबाइल सेवा बन्द

पाकिस्तानमा आम निर्वाचनको मतदान शुरू भएसँगै सरकारले देशभर मोबाइल सेवा बन्द गरेको छ । मतदानलाई मध्यनजर गर्दै पाकिस्तान सरकारले शान्ति सुरक्षा कायम गर्न र सम्भावित खतराहरू सामना गर्न अस्थायी रूपमा देशभर मोबाइल सेवा बन्द गरेको हो ।

देशमा हालै भएका आतंकवादी घटना र सम्भावित खतराहरू सामना गर्न अस्थायी रूपमा देशभर मोबाइल सेवा बन्द गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । आज पाकिस्तानको नेशनल एसेम्ब्लीका ३३६ सिटमा मतदान हुँदैछ भने त्यहाँ सरकार बनाउन १६९ सिट आवश्यक हुने बताईएको छ ।

यसअघि अविश्वासको प्रस्ताव ल्याएर पूर्वप्रधानमन्त्री इमरान खानको सरकारलाई हटाईएको थियो भने अहिले तीन पटक देशको प्रधानमन्त्री भइसकेका नवाज सरिफ चुनावी मैदानमा उत्रिएका छन् । अविश्वासको प्रस्ताव ल्याएर हटाईएका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

पाकिस्तानले आर्थिक संकट, २०२२ को भीषण बाढी, मुद्रास्फीति र चरमपन्थी घटनासँग संघर्ष गरिरहेको छ भने देशमा हिंसा र अतिवादका घटना बढ्दै गएका छन् । 

बुधबार मात्रै बलुचिस्तान प्रान्तमा उम्मेदवारको कार्यालय बाहिर दुईवटा बम विस्फोट हुँदा २८ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए । विश्लेषकहरूकाअनुसार पाकिस्तानको यो आम चुनाव अहिलेसम्मको सबैभन्दा कम विश्वसनीय चुनाव हो ।