Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

महासचिवमा पाण्डेयले शपथ लिएसंगै पदभार सुरु

२४ बुधबार , माघ २०८०६ महिना अगाडि

महासचिवमा पाण्डेयले शपथ लिएसंगै पदभार सुरु

संघीय संसद्का नव नियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ लिएसंगै पदभार ग्रहण गरेका छन् । महासचिवमा पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएसंगै पदभार ग्रहण गरेका हुन् ।

संघीय संसद्को महासचिव पाण्डेयले बिहान पद तथा गोपनियाताको शपथ लिएका हुन् । महासचिवमा पाण्डेयलाई बिहान सवा १० बजे सभामुख देवराज घिमिरेले संघीय संसद भवनको लोत्से हलमा शपथ ग्रहण गराएका थिए ।

हिजोे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए भने आज उनको शपथ ग्रहण भएको थियो । शपथ ग्रहण समारोहमा उप सभामुख इन्दिरा राना, गृहमन्त्री, कानूनमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको उपस्थिति रहेको थियो ।