Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

राजापाक्षेको नियति सोचुन्

शाश्वत शर्मा

२३ मंगलबार , माघ २०८०१० महिना अगाडि

राजापाक्षेको नियति सोचुन्

जानिफकारहरू भनिरहेछन्– अब नेपालका सत्ताधारी, प्रमुख प्रतिपक्षी मिलेर संविधान संशोधन गर्नुको बिकल्प छैन । या संविधानमा सबै राजनीतिक शक्तिलाई समेट्नु प¥यो, या  सत्ताबाट सदाका लागि हात धुनुप¥यो । वर्तमान नेपालको राजनीति जनयुद्ध वा जनआन्दोलनको जस्तो रहेन । हरेक क्षेत्रमा असफलता, अनियमितता, भ्रष्टाचार र राष्ट्रघातले थिलथिलो भएकाले लोकतन्त्रवादी हुँ भन्नेहरूले दम्भ देखाउनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो । त्यसकारण आमनागरिक बलात् किनारा लगाइएका शक्तिलाई संविधानमा स्पेश दिन आग्रह गरिरहेका छन् । आग्रह नमाने बिद्रोह गर्ने मूडमा देखिएका छन् । यस्तै रवैया राखिराख्ने हो भने सत्ता र प्रतिपक्षले पानी माग्नसमेत नपाउने अवस्थामा पुग्ने देखिन्छ । अबको परिवर्तन प्रचण्डको ठाउँमा माधव नेपाल वा शेरबहादुरदेउवा प्रतिस्थापन गरे पुग्नेवाला छैन । जनताको माग व्यवस्थाकै परिवर्तन र भ्रष्टमाथि कडा कारवाही हो । संविधान संशोधन गरेर सबैलाई समेट्दा स्वीकार्यसम्म हुनसक्ला अन्यथा संविधानकै खारेजीका लागि जनविद्रोह हुनेछ । बुझे हुन्छ, अहिले कसैलाई कुशको संज्ञा दिदै खिल्ली उडाएर पनि सुख पाइने अवस्था छैन भने  न त, २२ वर्ष अघि घेको त्रासदीपूर्ण घटनाको फेरि छानबिन गराउँछु भनेर उन्मुक्ति पाइने अवस्था छ । भ्रमको खेतीले आउादो फागुन १ देखि गरिने निर्णायक आन्दोलन सुरू गर्नुअघि नै, हुनलागेको संसद अधिवेशनमा संविधान संशोधनको एजेण्डाका लागि त्यसलाई पारित गरे केही हदसम्म बचाउन हुनसक्ला । पटक पटक मौका पाइदैन, स्थिति जनताले बुझिसके, जनताको समर्थनले पूर्वराजाको लोकप्रियता शिखरमा पुगिसकेको प्रष्ट प्रमाणित भइसकेको छ ।
झोले कार्यकर्ताहरूको बलमा अहंकारीबनेमा बस्दा नेतृत्व तीनबल्ड्याङ पछारिने पक्का छ । राम राम भनेको सुन्ने कि केही गर्ने, बल नेतृत्वको कोर्टमा छ । मान्छे मरेपछि जुम्राले पनि साथ छोड्छ, नेतृत्वको अवस्था यस्तै रहेको छ । सच्चिनु जरूरी छ । ०४५ सालसम्म सबै नेपाली पञ्च, सबै पञ्च नेपाली थिए, ०४६ सालपछि ती कता हराए हराए । जनआन्दोलनताका सबै देशी विदेशी शक्ति संवैधानिकर ाजतन्त्र र बहुदलीय प्रजातन्त्रको रट लगाएको सुनिन्थ्यो, तिनै विदेशीको प्रायोजनसमेतमा भएको आन्दोलनपछि त्यो रट सेलायो, लोकतन्त्रको नयाँ हौवा चल्यो । अहिले नेपालको अवस्था त्यस्तै छ । वर्तमान शासन व्यवस्था पूर्ण रूपमा असफल भइसक्यो । नेतृत्वले निर्णय गरून्, आफ्नै असक्षमताको सती जाने कि सच्चिने ? अहंकार छाडेर मेलमिलाप र सहमतिको राजनीतितिर लाग्ने ? स्वयम् पूर्वराजाले समेत सहमति र बहुदलीय व्यवस्थाकै माध्यमबाट राष्ट्रको अस्तित्वरक्षा गर्न सकिन्छ भनिरहेका छन् । जनता यी राष्ट्रघातीलाई च्यापेर हुन्न भनेर सडक तताइरहेको देखिन्छ । त्यसकारण दलभित्रका राष्ट्रवादीहरूले मौका पाउनुपर्छ, असहमतिभित्र सहमति खोज्नुपर्छ । सबै राजनीतिक शक्तिहरूले सहकार्यमा देशमा कानुन व्यवस्थाको बहाली गराउनु पर्छ । विवेकहीनहरू खानका लागि भ्रष्टका पछि लागेका हुन्, भ्रष्टमाथि कारवाही हुनभयो भने पन्छिन्छन् ।
हेरौं त पूर्वराजालाई अभिनन्दन गर्न ओइरिएका जनताको भीड । त्यो भीडमा राजावादीमात्र थिएनन्, बहुदल र लोकतन्त्रवादी पनि थिए । निरास भएकाहरू नयाँ उत्साहका लागि यसरी ओइरिएको विषय यथार्थ हो । पूर्वराजाले यिनको शासन असल होस् भनेर कुनै बाधा व्यवधान गरेका थिएनन् । अब त जनता नै आक्रोसित बनेर अग्रसर भएपछि पूर्वराजाले राष्ट्रको भार बोक्न अग्रसर हुनैपरेको छ । भाषणमा जे भने पनि कांग्रेस, एमाले, माओवादीको पक्षमा जनताको समर्थन पातलिएको छ । मंसिर ७ गते दुर्गा प्रसाईको कार्यक्रममा भेला भएका जनताको भीड देखेर विदेशीहरूसमेत नेपाल छाड्ने सुर कस्दै थिए । दिन ढल्दै जाँदा भीड पातलिएपछि यो सरकारले लामो श्वास फेरेको सबैले अनुभव गरेकै हुन् । मौका छ, ठूला नेताहरू सच्चिउन् ।
यी नेताहरू सच्चिएनन् भने श्रीलंकाका राजापाक्षेको नियति भोग्नुपर्नेछ । त्यतिबेला आजका पिछलग्गु कार्यकर्ता यी नेताका साथमा कोही हुनेछैनन् । एक सांसद प्रेम सुवाल अथाव अन्य साना दलका एकाध सांसदले सत्तापक्ष र प्रतिपक्षको सातो खाएको देखिएकै छ । अब त संसदमै, संसदीय समितिमै मन्त्री र ठूला दलका नेतामाथि धावा बोलेर भ्रष्ट भन्न थालिएको छ । राजा फाल्न नेपाललाई सिंगापुर बनाउँछु भन्नेहरूले देशलाई विदेशीको खेल मैदान बनाइसके । नेताजीहरूले बेलैमा सोचुन् ।