Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

रामदेवको नाममा मोदीदेवको शरण

२० सोमबार , पौष २०७२११ बर्ष अगाडि

 महाधिवेशनको मुखमा खुमबहादुर खड्का, विमलेन्द्र निधि, अर्जुननर्सिङ केसी र प्रकाशमान सिंहजस्ता दिग्गज नेताको समर्थनमा सभापतिका उमेदवार बन्छु र जित्छु भन्ने रामचन्द्र पौडेलले रामदेवको चरण पक्रेर मोदीदेवको दर्शन गर्न दिल्ली हान्निएका छन्। अन्तरिम संविधान २०६३ अनुसार संविधानको संशोधन गर भनेर नेपालका ठूला दललाई आदेश दिएर आइतवार रातिको मधेसी दलहरुसँगको वार्ता भाँड्ने भारतले अव पार्टीको अधिवेशनमा समेत हस्तक्षेप गर्न थालेका  देखिन्छ। हुन त भारतको आशीर्वाद लिन नेपालका नेता नै भारत धाउँछन् र दिल्ली सूत्र नभएका मानिने रामचन्द्र पौडेलसमेत सभापति वा प्रधानमन्त्री हुन रामदेव सूत्रको चोरबाटोबाट दिल्लीको धाप थाप्न दगुर्छन् भने नेपालीले दुःख पाउनु निश्चित छ। र, नेपाली कांग्रेस भनेको भारतको भवानीपुरमा जन्मेको पार्टी हो, भवानीपुरकै भीडभन्दा अगाडि बढ्न सकेको रहेनछ भन्ने नजारा हो यो।
यसैवीच अर्को खबर आएको छ– संस्कृत पाठशालाको हण्डी खाएर हुर्केका रामचन्द्र पौडेलले राजनाथ, नरेन्द्र मोदी, सुष्मा स्वराजहरुको दिल्लीको बासमती चामलको बासीभात खाएर आएपछि सभापति सुशील कोइराला पनि दिल्ली जानेछन्, यसको तैयारी भारतीय दूतावासले मिलाइसकेको छ।
क्या गजब छ नेपालको राजनीति। १२ बुँदे दिल्ली सम्झौताले कसरी जन्माइदियो गणतान्त्रिक लोकतन्त्र? यथार्थमा नेपालमा लोकतन्त्र होइन, भारततन्त्र स्थापित भएको छ।