Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

उप-निर्वाचनका लागि नामावलीमा नाम दर्ता गर्न आह्वान

२२ सोमबार , माघ २०८०६ महिना अगाडि

उप-निर्वाचनका लागि नामावलीमा नाम दर्ता गर्न आह्वान

निर्वाचन आयोगले आगामी उप-निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि आह्वान गरेको छ । स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका रिक्त रहेका पदहरूमा उप-निर्वाचन गर्नुपर्ने हुदा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि आह्वान गरेको हो ।

गतवर्ष २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएकोमा हाल स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका २३ पदहरू रिक्त रहेका छन् । आयोगले उक्त २३ रिक्त पदहरूमा कानून बमोजिम उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको बताएको छ ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्न आन्तरिक तयारी प्रारम्भ गरेको बताउदै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो । 

आयोगले मतदाता नामावली दर्ताका लागि सम्बन्धित जिल्ला र प्रदेश र नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा उपलब्ध गराएको बताईएको छ ।  

मतदाता नामावलीमा विविध कारण नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह समेत गरेको छ ।