Advertisement Banner
Advertisement Banner

१० मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

संसदको हिउँदे अधिवेशन आजदेखि सुरु

२२ सोमबार , माघ २०८०२ बर्ष अगाडि

संसदको हिउँदे अधिवेशन आजदेखि सुरु

संघिय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । संसदको हिउदे अधिवेशन दिउसो ४ बजेबाट सुरु हुने भएको हो ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताईएको छ । त्यसपछि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यक्रम तय भएको छ ।

दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु हुने बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । साथै, बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने कार्यक्रम छ ।

त्यस्तै आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

संघीय संसद सचिवालयका कार्यबहाक महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठक दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु हुने बताईएको छ ।