राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान सुरू गर्दैछ । उक्त पार्टीले सरकारले अपेक्षाअनुरूप राष्ट्रिय गौरवका आयोजनाहरूमा काम गर्न नसकेकाे भन्दै अभियान सुरू गर्न लागेकाे हाे ।
पर्टीका सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गरि आजदेखि राष्ट्रव्यापी दबाब अभियान गर्ने तयारी गरेकाे बताइएकाे छ । आजदेखि सुरू हुने उक्त अभियान आगमी चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय गौरवका आयोजनाहरू र अलपत्र पारिएकाले विकास आयोजनाको काम अगाडि बढाउने उदेश्यले रास्वपाले राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन्र । सचेतक परियारले २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुने बताइएकाे छ ।
आजदेखि सुरू हुने राष्ट्रव्यापी दबाब अभियान अन्तर्गत मेलम्ची खानेपानी आयोजनाको काम यथासीघ्र सम्पन्न गर्न माग गर्दै रास्वपाले अभियानको प्रारम्भ मेलम्चीबाट गर्न लागेको हो । दबाब अन्तर्गत सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको नेतृत्व सांसद सोविता गौतमले गर्ने तयारी रहेकाे छ ।
त्यसैगरी पार्टी सभापति रवि लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम रहेकाे छ । उक्त अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ आयोजना निर्माणका लागि दबाब दिइने बताइएकाे छ।