Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

यी नेपाली नै हुन्?

२० सोमबार , पौष २०७२११ बर्ष अगाडि

 गृहमन्त्री शक्ति बस्नेत शक्ति देखाउ। एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताहरुले लिखित रुपमा गृहमन्त्रीलाई भेटेर सद्भावनाका नेता राजेन्द्र महतोको नागरिकता छानबिन गर्न माग गरेका छन्। उनीहरुले राजेन्द्र महतोले गलत प्रमाणका आधारमा नागरिकता लिएको, दोहोरो नागरिकता भएको आरोप लगाएका छन्। पहिले नै चर्चामा आइसक्यो कि यिनले नागरिकता लिदाका प्रमाण मेटाउने सबै कूकर्म गरिसकेका छन्।
यथार्थ के हो? गृहमन्त्रीले बताउनु पर्‍यो। पटक पटक मन्त्री भएर देश चलाइसकेका नेता राजेन्द्र महताको नागरिकता छानबिन हुन्छ भन्ने विषयमा कसैलाई विश्वास छैन। तर एमालेको नेतृत्वमा रहेको सरकारले माओवादी नेताको सेखी झार्न नागरिकता छानबिनको माग गरेका हुन् कि एमाले अध्यक्षको मान मर्दन गर्न अन्य बरिष्ठ नेताले युवासंघ उचालेका हुन्, अव देखिन्छ नानीको पाइन? यद्यपि सर्लाही प्रशासनले राजेन्द्र महतोले नागरिकता लिदाको रेकर्ड उपलव्ध छैन, आगलागीमा नष्ट भइसक्यो भनिसकेको छ। महतोले नै प्रशासन कार्यालयमा आगो झोस्न लगाएका थिए। महतोले नागरिकता लिदाको कुनै रेकर्ड गृह मन्त्रालयमा समेत छैन भनिन्छ। रेकर्ड मेट्न सक्ने महतोको नागरिकता कसरी छानबिन गर्ने र त्यो साहस गृहसँग होला?