नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक संसद् भवनमा दिउसो २ बजे बस्ने भएको हो ।
सत्तारुढ दल नेपाली कांग्रेसले हिँउदे अधिवेशन बारे छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर्न बैठक दिउसो २ बजेलाई बोलाइएको जानकारी दिएका छन् ।
आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने, बैठकमा संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले खेल्नु पर्ने भूमिकाका बारेमा छलफल गरिने बताईएको छ ।