Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

एकता दिवसको पुनर्स्थापना हुने

२० सोमबार , पौष २०७२१० बर्ष अगाडि

पुस २७ लाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन प्रज्ञा प्रतिष्ठान र अन्य बुद्धिजीवीहरुले निरन्तर गर्दै आएको आग्रहलाई यसपटक सरकारले स्वीकार गर्ने संकेत दिएको छ। यसपटक २९४औं पृथ्वी जयन्ती परेको छ। यसैवीच नेपाल शिक्षा परिषदले गरेको कार्यक्रममा नेपाल निर्माण गर्ने बडामहाराजको जन्मजयन्तीलाई एकता दिवसका रुपमा मनाउन पुनः माग गरिएपछि सरकारले निर्णय गर्ने संकेत दिएको हो। नेपाल निर्माणको प्रक्रियालाई बिबादमा पारेर पृथ्वी जयन्ती तथा एकता दिवसलाई ओझेलमा पारिएकोमा लामो समयदेखि कडा बिरोध हुादै आएको छ।
यसअघिको सरकारले निर्णय गर्ने भनेर पनि भ्याएन, यसपटक निर्णय हुन्छ र पृथ्वीनारायण शाहलाई पहिलेकै मान्यता प्राप्त हुनेछ। स्रोतले भन्यो। यसपटक पृथ्वी जयन्ती भव्यताका साथ मनाउन मोदनाथ प्रश्रितको संयोजकत्वमा नागरिक मूल समारोह समिति गठन गरिएको छ। यो समितिले सरकार सग पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गर्न पुनः माग गरेको छ। प्रश्रितका अनुसार प्रधानमन्त्री केपी ओलीलाई समेत निम्तो दिइएको छ। ओली स्वयं पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न आउन सक्छन्।
२०६३ सालमा बनेको सरकारले पृथ्वी जयन्ती राष्ट्रिय स्तरमा नमनाउने निर्णय गरेको थियो। २०७२ को सरकारले त्यो निर्णय उल्ट्यायो भने गल्ती सच्चिने छ। पूर्वाग्रह सकिने छ। इतिहासकार सुरेन्द्र केसीका अनुसार नेपाल १७ प्राचीनतम मुलुक मध्येको एक हो। नेपाललाई एकीकरणमा बाँध्ने वडामहाराजाधिराजको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन कञ्जुसी गर्नेहरु नेपाली तन, मनका हो कि होइनन् भनेर सोच्नुपर्ने बेला आइसकेको छ। स्मरणीय छ, एकता दिवस मनाउनु पर्नेमा सबैको एक मत भइसकेको छ, निर्णय हुन बाँकी छ।