Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

नेपाल- मान्छे बेच्ने देश बन्यो

बैकुण्ठ भण्डारी

१७ बुधबार , माघ २०८०१० महिना अगाडि

नेपाल- मान्छे बेच्ने देश बन्यो

इजरायलको भिसा लाग्यो । मनमा डर थियो । बैरागी माईला विदेश हतारमा जाँदै थियो कि भनि साध्य नै छैन । 
बैरागी मायला न नेता थियो, न प्रशासक । कुनै व्यापारी पनि थिएन । तर यति छिटो इजरालय जस्तो देशको भिषा पाउँदा उसलाई कहिले इजरायल पुगिएला जस्तो लागेको थियो । द्धन्द्धरत देश भएपनि इजरायलले प्रविधिमा विश्वलाई नै जितेको कारण पनि उसले त्यो त्यस कस्तो छ ? कसरी विश्वमा स्थापित छ भन्ने चासो राखेको थियो । 
बैरागीको ताल हेर्दा उ विदेश त के आफ्नै प्रदेश पनि जान सक्ने हो कि होइन भन्थे उसका मित्रहरु । धेरैले विदेश घुमाउँछु भन्दै अनगिन्ती आश्वासन नदिएका पनि होइन उसलाई । भाग्यले साथ दिएपछि भन्ने उखान जस्तै उसलाई पहिलो भिषा त्यसमाथि पनि तीन दिनभित्रै इजरायलको लागेको थियो । 
उसलाई चिटचिट पसिना आईरहेको थियो । भोली त पहिलो पटक ठूलो हवाईजहाज चढेर विदेश जाने भएकाले वैरागी उकुस मुकुस भईरहेको छ । कतिले अंग्रेजी वोल्दैन है हिव्रु जान्नु पर्छ भन्दै अत्याईदिएका थिए । त्यही भएर पनि होला पहिलो पटक गाउँ छाड्न लागेको, शहर हुँदै देश छाडेर जाँदै पो छ त । 
विहान सवेरै गलामा सयपत्री माला, रातो अक्षताको टिका लगाएर घरबाट विदा भएको बैरागीको मुटुको धडकन् नबढेको होइन । कतै हराउने पो हो कि । ठिकैको झोलाको भारी वोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दासम्म प्रफुल्लित मन तर डरले कता कता अल्मलाएको जस्तो अनुहार वोकेर हिँड्दै थियो । विमानस्थल पुग्दाको समयसम्म उसले सोचिरहेको थियो, हवाईजहाजमा विदेशी नै विदेशी हुनेछन् । म जस्तो दूईचार जना मात्रै हुने हुन् कि ?  
विमानस्थल पुग्दा वैरागी अलमलियो । वसपार्क पुगिरहेको छु कि कुनै मेलामा ? यतिभीड थियो कि ऊ बेला विजुली बत्तिको पैसा तिर्न जाँदा बसेको लाईनको याद गरिरहेको थियो । 
एकघण्टाको लाईन छिचाल्चै वैरागी बल्ल गन्तव्य जाने ढोका पुग्यो । त्यहाँबाट दुई लाईन थियो । एउटा लाईन कतार दुवई मलेसिया लगायतकाका देशमा जाने कामदारको ।  अर्को लाईन थियो । युरोप अमेरिका, अष्ट्रेलियाका जानेहरु र बैरागी जस्ता फिरन्तेहरुका लागि । पहिलो लाइनमा बसेकाहरुको अनुहार निकै मलिन थियो, निकै पीडाले मन छिया छिया भएको जस्तै । एकले अर्कालाई पनि चिन्न नसकेको जस्तो । टुहुरा बालबालिका जसले माया स्नेह केही नपाएको जस्तो अनि उजाड वस्ती जस्तै ।  दोश्रो लाइनमा बसेकाहरु भने कुनै ठूलो लडाई जितेर आएको सिपाही जस्ता देखिन्थे । एकले अर्कालाई पहिलेदेखि नै चिनेको जस्तो पुरानो परिचित जस्तै देखिन्थे । त्यही लाइनमा वैरागी अलमलिएको थियो । 
बैरागी सुनिरहेको थियो । कोही भन्दै थिए, बल्ल शान्ति पाइयो, कोही भन्दै थिए अव त ज्यान जाला पनि यो देश फर्कन्न । बा आमालाई पनि जति सक्दो चाँडो उतै लाने हो । के गर्न यो देशमा बसेर । नेताको भजनमण्डलीहरु, भ्रष्ट कर्मचारी र गुण्डाहरुलाई मात्र ठिक छ । लाखौं खर्चिएर पढ्यो रोगजारी नपाउने । 
विमानस्थल पुग्नु भन्दा अगाडिको बैरागीको मनोभाव र विमानस्थल पुगेपछिको अवस्थाले उसलाई कता कता चिमोटिरहेको थियो । विमानमा चढेपछि बल्ल बैरागीले थाहा पायो विदेश जानेहरुको ठूलै मेला पो लाग्ने रहेछ ।  जनता विदेश जानेहरुवीचको खाडल पनि ठूलै रहेछ । त्यहाँ आफू बेचिएर देश छाँड्ने र देशले बेचेर पछि आउनेहरुको विभेदमा त्यही फर्कने नै पर्दो रहेछ । नेपाली हुनुको दशा यस्तै छ ।
पहिलो लाइनमा बसेर विदेश जान लागेकाहरुलाई त्यहाँका कर्मचारीहरुले पनि दोश्रो दर्जाको व्यवहार गरेको देखेर बैरागी साँच्चै नै बैराग्य नै मानिरहेका थियो । जसले रगत पसिना बगाएर पठाएको रेमिट्यान्सले बाँचेको कर्मचारीले निकै नै पेलिरहेको थियो । तर जो यो देशमा कहिल्यै नफर्कने सोच सहित निस्केको अर्को लाइनका मानवहरुलाई भने निकै नै सम्मानजनक व्यवहार गरेको देखेपछि उसले मनमनै सोच्यो, साँच्चै देश मान्छे बेच्ने देश पो वन्दै रहेछ । 
कुरा गर्ने खासै कोही थिएन । तर मनमनै देश बनाउँछु भन्ने ठेकेदारहरुलाई सरापी राखेको थियो । बेचे यसैगरी मान्छे बेच ! बैरागी पहिलो हवाईजहाजबाट करीव ६ घण्टाको दोहा यात्रामा थियो । उसँगै थिए । कतारमा काम गर्न हिंडेका हरिदास । पहिले पनि उनी ३ पटक कतारमा काम गर्न गईसकेका रहेछन् । वैरागीले सोध्यो– फेरि किन जाने ?
के गर्नु हजुर जान त कहाँ मन थियो र । देशले नै पटक पटक  गरी बेचेको हो नि । दुई पटक फर्केर आएँ केही लाख कमाएको पनि थिएँ । यही केही गर्नुपर्छ भनेर कृषि कर्म गरे । तर उताबाट ल्याएको सवै घाटा । बैंकको चर्को व्याज, पाइलै पिच्छेको कर । व्यवसाय शुरु गर्छु भनेदेखि सरकारी कार्यालयमा बुझाउनु पर्ने घुस । आँखाभरी आँशु पार्दै हरिदास भन्छन्, जीवनभर साथ दिन्छु भन्ने स्वास्नीले पनि साथ छाडि ‘मेरो त नाम पनि हरिको दास, कर्म पनि नेता र विदेशीको दास ।  विचरा बैरागीले के गर्न सक्थ्यो । देश बनाउनेले ‘फ्रि भिषा, फ्रि टिकट’ भन्दै मत किनेकै छन् । निःशुल्क मान्छे बेच्छु भनेकै छन् । 
६ घण्टा भन्दा अलि बढी समय हजाईजहाज चढेर दोहामा पुगेपछि विमानस्थलमा ओर्लदै गर्दा गर्मीको धुप जस्तै थियो । बाहिर निस्कदा बालुवाको रापको ताप बैरागीले खान भ्याईहाले । 
विमानस्थल भित्रै नेपाली नै नेपाली उनलाई विदेश छु भन्ने भान नै भएन । वैरागी करीव ५ घण्टा अर्को हवाईजहाजका लागि प्रतिक्षा गर्नु पर्ने भएकाले विमानस्थल परिसर भित्रै बस्यो । धेरै नेपालीलाई भेट्यो । तर सवैको एउटै पीडा छ, एउटै भोगाई छ । घर परिवार छाडेर मदन पनि त्यसबेला भोट गएको मुनामदनमा पढेकै हो तर अहिले आफै भोगिएको छ । त्यसबेलादेखि अहिलेसम्म पनि विदेशमा नगई नुन किन्न नसक्ने भएका छौं । 
बैरागीलाई हरिदासले जस्तै अर्का शिवदासले आफ्नो पीडा पोख्दै थिए । खै हजुर हामी त कस्तो देशका हामी पर्यौं । ‘मान्छे बेच्ने देश’का महान व्यक्तिहरु हौ हजुर । हामी शिवदासको दासी कुरा सुन्न खोजेका बैरागीको हवाईजहाज कुर्ने समयले नेटो काटिसकेको थियो । शिवदासको ‘मान्छे बेच्ने देश’ भन्ने शब्दले स्तव्ध बैरागी आँखाभरी आँशु पार्दै गन्तव्यका लागि हवाईजहाज लाग्यो ।