नेपाली काँग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । माघ १६ गते शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो ।
काँग्रेसकाे अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने बताइएकाे छ । यहि माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्ने कार्यक्रम रहेकाे तर,औपचारिक कार्यक्रम भने नहुने काँग्रेसले बताएकाे छ ।
नेपाली काँग्रेसकाे उक्त अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरुलाइ खटाएको छ । यसअघि काँग्रेसकाे उक्त कार्यक्रम एक महिनाका लागि तय भएको थियाे । तर, राष्ट्रिय सभाकाे निर्वाचनका कारण कांग्रेसले उक्त कार्यक्रम छोट्याएको हो ।
आजदेखि औपचारिक रुपमा सुरू भएकाे अभियानअन्तर्गत पार्टीका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेकाे बताइएकाे छ ।