Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सरकारलाई दबाब दिन नेविसंघको हस्ताक्षर संकलन अभियान

१५ सोमबार , माघ २०८०३ बर्ष अगाडि

सरकारलाई दबाब दिन नेविसंघको हस्ताक्षर संकलन अभियान

नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघले सरकारलाई दबाब दिन हस्ताक्षर अभियान थालेको छ । सत्ता साझेदार समेत रहेको नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले नागरिकले सहज शिक्षा नपाएको भन्दै सरकारलाई दबाब दिन हस्ताक्षर अभियान थालेको हो ।

नेपालको संविधानको धारा ३१ मा शिक्षा र धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रुपमा ग्यारेन्टी गरिएतापनि संवैधानिक ब्यवस्था अनुरुप आमा नागरिकले  मौलिक हकका रुपमा अनुभूत गर्न नपाएको भन्दै नेविसंघले आजदेखि हस्तक्षार संकलन अभियान सुरु गरेको बताईएको छ ।

संघले संविधान कार्यन्वयन गर्दै नागरिकको मागहरु तत्काल पूरा गर्नका लागि दबावमूलक हस्ताक्षर संकलन अभियान सुरु गरेको जनाएको छ ।  के एन्ड के कलेज बानेश्वरबाट सुरु गरिएको अभियान काठमाडौंका विभिन्न कलेज,क्याम्पसहरुमा हस्तक्षार संकलन हुने र उक्त हस्ताक्षर शिक्षा मन्त्रालयमा बुझाउने नेविसंघले जानकारी दिएको छ ।