नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आजबाट सुरु हुने भएको छ । आज बिहान ११ः३० बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सम्मेलन सुरु हुने भएको हो ।
बिहान ११ : ३० बजेबाट विधान हेरफेर लगायतका एजेण्डसहित प्रज्ञा भवनमा सम्मेलन सुरु हुने भएको हो । सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझावहरूमाथि छलफल हुने बताईएको छ ।
पार्टी अध्यक्ष माधव कुमार नेपालद्धारा उदघाटन हुने पार्टीको राष्ट्रिय सम्मेलनमा आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहने बताईएको छ ।
बैठकमा पार्टी सुदृढीकरणका साथै देशभरका आधारभूत तहसम्म सङ्गठन स्थापित गर्ने कार्य योजना बनाइने र पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।