Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रिय सभा सदस्य निर्वाचन बिहान ९ बजेदेखि

११ बिहिबार , माघ २०८०१० महिना अगाडि

राष्ट्रिय सभा सदस्य निर्वाचन बिहान ९ बजेदेखि

राष्ट्रिय सभा सदस्यकाे खालि २० सिट मध्यकाे १९ सिटका लागि आज बिहान ९ बजेदेखि मतदान सुरू हुँदैछ । सातवटै प्रदेशमा बिहान ९ बजेदेखि मतदान सुरू हुने भएकाे हाे ।

राष्ट्रिय सभा निर्वाचनकाे मतदान दिउँसो ३ बजेसम्म हुने र मतदान सकिए पछि आजै मतगणना र मत परिणाम पनि सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी रहेकाे समेत बताइएकाे छ ।

आयोगका अनुसार आजकाे राष्ट्रिय सभा निर्वाचनमा ८ राजनीतिक दलका ५१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसअनुसार कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

त्यसैगरी सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार प्रतिस्पर्धामा  छन् । राष्ट्रिय सभाकाे २० सिटमध्ये १९ सिटका लागि आज निर्वाचन हुने छ भने १ जनालाइ सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।