मधेसी मोर्चाभन्दा अलगधार बनाएर बनेको चार पार्टीको शरदसिंह भण्डारी अध्यक्ष रामसपा, अनिल कुमार झा अध्यक्ष नेसपा, राजकिशोर यादव अध्यक्ष गणतान्त्रिक फोरम, जयप्रकाश गुप्ता संयोजक तमरा अभियान मोर्चाले आफ्ना मागहरु सरकारले नसुनेको भन्दा भैंसीका टाउकामा सुशील कोइराला, प्रचण्ड, केपी ओलीलगायतका नेताका फोटो झुण्ड्याएर भैंसीलाई ज्ञापनपत्र दिएको व्यङग गरेका छन्। मधेसीले जति आवाज उठाए पनि सरकारले नसुनेको गुनासो उनीहरुको रहेको छ। मधेसका सबै जिल्लामा देखाएको यो बिरोधको शैली अचम्मको छ।
पुस १२ गते भैंसी जुलुस प्रदर्शन गरेपछि आज १४ गते मधेसमा आन्दोलनरत विभिन्न पक्षहरुलाई एकै थलोमा ल्याई नागरिक समाज र पत्रकारहरुको अगुवाईमा बृहद मधेसी महागठबन्धन निर्माण अभियानको लागि दबाबमूलक अन्तरक्रिया कार्यक्रम गरिने भएको छ। मधेसी मोर्चामा यो मोर्चा पनि मिल्यो र एकै मोर्चा बन्यो भने केपी ओलीको सरकार छिटो ढल्ने निश्चित मानिएको छ। संघीय समावेशी मधेशी गठबन्धनको पे्रश–विज्ञप्ति
गठबन्धनको २०७२ पौष ९ र १० गते विराटनगरमा बसेको बैठकले आमहड्ताल र नाकाबन्दी गर्ने कार्यक्रमलाई निरन्तरता दिदै तपसिलमा उल्लेख भए बमोजिम २ दिने कार्यक्रम सार्वजनिक गरेको छ। हिजो ९ गते विराटनगरमा गठबन्धनद्धारा आयोजित विरोध सभाको कार्यक्रम समापन पश्चात मोर्चाका कार्यकर्ताद्धारा निकालिएको मसाल जुलुस माथी लाठी चार्ज र ढुङ्गामुडा गरेर हाम्रो मञ्च र साउण्डसिष्टमहरु समेत तोडफोड र क्षति गरेको र पत्रकार अवधेश झालाई निर्घात कुटपिट गरेको घटना प्रति बैठकले घोर भत्सर्ना गरेको छ र क्षति र तोडफोड भएको सरसमानको क्षतिपुर्ति गराउन जोडदार माग गर्दछ। साथै शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनद्धारा यस प्रकारको क्रुर व्यवहार र दमनले लोकतन्त्रलाई नै धरापमा पारेको बैठकले ठहर गरेको छ। यसर्थ यस्ता लोकतन्त्र विरोधी तत्वहरुलाई कारवाहीको दायरा भित्र ल्याउनु पर्दछ। नेपाल सरकारद्धारा संविधान संशोधन सम्बन्धी विधेयकको निर्णय अधुरो, अ–स्पष्ट र हाम्रो ९ बुंदे मागलाई समेत सम्बोधन गर्न नसक्ने भएको ठहर गरेको छ। त्यसर्थ यस निर्णयको आधारमा आन्दोलन फिर्ता गर्न सकिदैन बरु संसदमा दर्ता गरिएको विधेयक फिर्ता लिई आन्दोलनरत सबै पक्षहरुको सहमतिको आधारमा पुनः सबै मागहरुलाई समेटी वार्ताको माध्यमबाट विधेयक दर्ता गराउन बैठकले माग गरेको छ।


