Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

युवाहरुमा कोरिया जाने हतारो

१३ सोमबार , पौष २०७२११ बर्ष अगाडि

 इपीएस भाषा पास भएका ८ हजार ४ सय ९० जना अर्को महिनादेखि कोरियामा कामदार बन्न जाने तैयारीमा जुट्न थालेका छन्। स्वास्थ्य परीक्षण र पुलिस रिपोर्ट पुलिस रिपोर्ट सकारात्मक भएका युवाहरुहरुको सूची तैयार भइसक्यो। इपीएस शाखा भन्छ: अव मागअनुसारका कामदार पठाउने कामको अन्तिम तैयारी हुँदैछ। वैदेशिक रोजगारीमा जाने युवाहरुको सबै रिपोर्ट कोरियाको मानव संशाधन विभागले छानबिन गरेर अन्तिम रिपोर्ट प्राप्त हुनेछ, त्यसपछि रोस्टर तैयार गरेर नेपालले पठाउनेछ र त्यही रोस्टरअनुसार कोरियाली रोजगारदाताहरुले माग गरेअनुसारका क्षेत्रमा कामदारहरु कोरिया पठाउने क्रम सुरु हुनेछ। यो जानाकारी इपिएस शाखाका निर्देशक डिलली बास्तोलाले बताएका हुन्।
कामदार रोजगारादाताले नै छान्ने हो। इपीएस शाखाले पठाउने प्रक्रियामा समन्वयमात्र गरिदिनेछ। माग अनुसारका कामदार २ वर्षभित्र जान पाउँछन्, २ वर्षमा पनि मागमा नपरेकाहरु २ वर्षपछि जान पाउने छैनन्।
कोरियाले विभिन्न १६ देशबाट इपीएस प्रणालीअन्तर्गत कामदार माग गर्ने गरेको छ। हरेक पटक नेपाली युवाहरुले कोरियाको भाषाशीप परीक्षामा सधैं उत्कृष्ट अंक ल्याउने गरेका छन्। अहिलेसम्म कोरियाको रोजगारीमा ३२ हजार ५ सय युवा गइसकेका छन्। यसवर्ष ८ हजार ४ सय ९० जान पाए भने झण्डै ४० हजारको संख्याले कोरियाको उद्यममा पुग्नेछन्। भाषा परीक्षाको फाराम आइन्दा अनलाइनबाटै भर्न सकिने व्यवस्था हुनलागेको छ। यद्यपि कोरियाका राष्ट्रपतिले भाषा परीक्षा खारेज गर्ने संकेत गरिसकेकी छिन्। तथापि भाषाको ज्ञान अनिवार्य हुनेछ।