Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री युगान्डा प्रस्थान कार्यवाहकमा खड्का

०४ बिहिबार , माघ २०८०१० महिना अगाडि

प्रधानमन्त्री युगान्डा प्रस्थान कार्यवाहकमा खड्का

असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।  

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासले एक विज्ञप्ति प्रकाशित गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको जानकारी दिएको हो ।

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान गरेसंगै प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्कालाई तोकिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्मेलन माघ ५ र ६ गते दुईदिन गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुनेछ । नेपालको तर्फबाट प्रधानमन्त्री नेतृत्वमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी रहेका छन् ।

उक्त शिखर सम्मेलनमा प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्वोधनपछि प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुने बताईएको छ ।

प्रधानमन्त्री दाहाल दुईदिन गणतन्त्र युगान्डाको सम्मेलन सम्पन्न गरी माघ ७ गते काठमाडौँं आइपुग्ने कार्यक्रम रहेको छ ।